देशका विभिन्न स्थानमा वर्षा र हिमपात (फोटोफिचर)
काठमाडौं : पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात भएको छ। मौसमविद् समीर श्रेष्ठकाअनुसार पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको छ। गोरखा, हुम्ला, कालीकोटलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
हिमपातले जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन्।
आइतबार अपराह्नबाट हुम्लामा भएको भारी हिमपात। तस्बिर/ रासस
गोरखाको मनास्लु क्षेत्रमा परेको हिमपात। तस्बिर : शिव उप्रेती
हिउँले ढाँकेका कालिकोटका लेकाली डाँडाहरु । तस्बिर : बिस्नप्रसाद न्यौपाने