विश्‍वप्रसिद्ध चिनियाँ उद्यमी ज्याक मा अचानक गायब, वेपत्ता आशंका !

विश्‍वप्रसिद्ध चिनियाँ उद्यमी ज्याक मा अचानक गायब, वेपत्ता आशंका !

बेइजिङ: चिनियाँ उद्यमी तथा अलीबाबा समूहका संस्थापक ज्याक मा पछिल्लो दुई महिनादेखि सार्वजनिक रुपमा नदेखिएपछि अनेक आशंका र प्रश्न उठ्न थालेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पछिल्लो मतभेद भइरहँदा अचानक गायव भएका ज्याक मा हराएका हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालमा समेत सक्रिय ज्याक माले पछिल्लो पटक अक्टोबर १० मा ट्वीट गरेका थिए ।

साथै उनी अफ्रिकाज बिजनेस हिरो नामको टिभी शोमा निर्णायकको रुपमा पनि उनी नियुक्त थिए । तर निर्णायकको सूचीबाट उनको नाम पनि अचानक हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

ज्याक माका प्रवक्ताले भने समय तालिका जुधेकाले गर्दा उक्त कार्यक्रममा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय ज्याक मा सरकारी निकायहरुप्रति पनि आलोचना गर्न थालेका थिए ।

गत महिना उनीमाथि चीन सरकारले उनीमाथि छानविन समेत गरेको थियो । ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार ज्याक मा विश्वकै २५औं धनी व्यवसायीको रुपमा सूचीकृत चिनियाँ सफल उद्यमी हुन् । जसको कुल सम्पत्ती ५० दशमलब ६ बिलियन अमेरिकी डलर छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.