कञ्चनपुरको नेपाल-भारत सीमाक्षेत्रमा गोली चल्यो, एक जना घाइते
महेन्द्रनगर : कञ्चनपुरको महाकाली नगरपालिका नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाएको छ। गोलीको छर्रा लागेर महाकाली नगरपालिका - १ का नरेन्द्र लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
`गोलीको छर्रा लागेर १ जना घाइते भएको खबर आएको छ, हाम्रो टोली घटनास्थलमा पुग्दैछ ´थापाले भने - गोली पारीबाटै हो भन्ने बुझिएको छ।´
उनले घटनाको आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको बताए। स्थानीयको भनाईमा भने भारतीय एसएसबीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस !
७