दक्षिण कोरियामा जन्मभन्दा मृत्युदर बढी, श्रमशक्ति अभाव हुने खतरा

दक्षिण कोरियामा जन्मभन्दा मृत्युदर बढी, श्रमशक्ति अभाव हुने खतरा

सोउल : दक्षिण कोरियामा जन्मभन्दा मृत्युदर बढी देखिएको छ। सन् २०२० मा २०२० जन्मिने मानिसको सङ्ख्याभन्दा बढी मृत्यु भएपछि श्रमशक्तिको अभाव हुने खतरा देखिएको छ।

हाल दक्षिण कोरियामा शिशु जन्मदर विश्वकै न्यून छ। सन् २०२० मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम अर्थात् २ लाख ७५ हजार ८०० शिशु जन्मिएको बीबीसीले उल्लेख गरेको छ। सो वर्ष ज्यान गुमाउने मानिसको सङ्ख्या ३ लाख ७ हजार ७६४ रहेको थियो।

जनसङ्ख्या घट्दा देशमाथि चर्को दबाव उत्पन्न हुन्छ।

स्वास्थ्यसेवा र निवृत्तिभरणको मागका कारण सार्वजनिक खर्च जुटाउन आइपर्ने समस्याबाहेक घट्दो युवा जनसङ्ख्याले श्रमशक्तिको अभाव निम्त्याउँदै अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा नै प्रभाव पार्ने विज्ञहरूले बताएका छन्।

अघिल्लो महिना राष्ट्रपति मुन जे-इनले प्रोत्साहनस्वरूप भत्ता दिनेसहित जन्मदर बढाउने उद्देश्यले कैयौँ नीतिहरू घोषणा गरेका थिए।

उक्त योजनाअन्तर्गत सन् २०२२ बाट प्रत्येक शिशुलाई १ हजार ८५० अमेरिकी डलर नगद उपलब्ध गराइने बताइएको छ। त्यसबाहेक एक वर्ष नपुगुन्जेलसम्म मासिक ३२ हजार रुपैयाँभन्दा बढी रकम शिशु स्याहार खर्च दिइनेछ।

उक्त मासिक प्रोत्साहन भत्ता वृद्धि गरेर सन् २०२५ मा ५० हजार रुपैयाँभन्दा बढी बनाउने भनिएको छ।

दक्षिण कोरियामा महिलाहरूले काम र व्यक्तिगत जीवनको सन्तुलन मिलाउन सङ्घर्ष गर्नुपरेको तथा दैनिक मूल्यवृद्धि लगायतका कारण दम्पतिले शिशु नजन्माउँदा यस्तो अवस्था सिर्जना भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.