सिन्धुलीमा तीन दलले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्ष गर्ने

सिन्धुलीमा तीन दलले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्ष गर्ने

सिन्धुली : प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सिन्धुलीमा तीन दलले संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानीक कदम चालेको भन्दै नेकपा (प्रचण्ड–नेपाल) समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजन दाहाल, नेपाली कांग्रेसका जिल्ला सभापति उज्ज्वलप्रसाद बराल र जनता समाजवादी पार्टीका सिन्धुली जिल्ला अध्यक्ष सुरदबहादुर स्याङ्तानबीच मंगलबार यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, असंवैधानीक र गैर जिम्मेवारपूर्ण कदम चालेको निष्कर्ष निकाल्दै प्रतिगमन नसच्चिएसम्म संयुक्त रुपमा संघर्ष गर्ने सहमति भएको  कांग्रेस सिन्धुलीका सभापति उज्ज्वलप्रसाद बरालले जनाए । 

सहमतिपछि संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनमा सहभागी हुन् र सहयोग गर्न आह्वान गरिएको छ । 

संयुक्त आन्दोलनका कार्यक्रम जिल्ला सदरमुकामदेखि वडास्तरसम्म चरणबद्ध गर्ने तयारी भइरहेको समेत नेकपाका जिल्ला अध्यक्ष राजन दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.