ओली भन्दा प्रचण्ड 'फार बेटर' : माधव नेपाल

ओली भन्दा प्रचण्ड 'फार बेटर' : माधव नेपाल

काठमाडौँ : नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको समूहलाई नेकपाको गुट भएको टिप्पणी गरेका छन् ।

ओलीले कम्युनिस्ट पार्टी मन नपराउने र लोकतन्त्र पनि मन नपराउने भन्दै ओलीको समूहलाई एउटा गुट भएको आरोप लगाए । राष्ट्रिय जनता पार्टीले काठमाडौँमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । 

यस्तै ओलीको अराजक कार्यशैलीको आफूले पहिले पनि विरोध गर्दैआएको उनको भनाइ थियो । विरोध गर्दा पनि ओली नसच्चिएपछि यस्तो अवस्था आएको उनले बताए ।

यस्तै नेता नेपालले पुष्पकमल दाहाल प्रचण्डसँगको 'लगनगाँठो' बाध्यता भएको पनि बताए । ४८ वर्षसम्मको सहयात्रा तोडेर प्रचण्डसँग मिलेको प्रशंग निकाल्दै उनले प्रचण्डलाई ओलीसँग तुलना समेत गरेका थिए । यस क्रममा नेता नेपालले प्रचण्डलाई ओली भन्दा धेरै ठीक भएको बताए ।

'प्रचण्डसँग मेरो टक्कर पनि परेको थियो । तर उहाँ ओली भन्दा फार बेटर ।' नेपालले ओलीसँग काम गर्दाको अनुभव शेयर गर्दै विरोधीलाई 'सिद्ध्याउने' एक 'अराजक शैलीको नेताको रुपमा ओलीलाई चित्रित गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल, प्रचण्ड सहित अरु विपक्षी दलहरुले पनि त्यस कदमको विरोध गर्दैआएका छन् ।

नेता नेपालले आफू र प्रचण्ड भएको समूह नै आधिकारिक नेकपा भएको दावी पनि गरे । तर सत्ताधारी समूहलाई उनले ओली गुट भएको टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.