उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ९३ महिला र १३९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। संक्रमित हुनेमा १८४ महिला र ३३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ५५१ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ५२२ जनामा संक्रमण देखिएको हो।

यस्तै मंगलबार ५७८ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २२५  रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार २२५ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गम्भीर कोरोना संक्रमत २०४ जनाको आइसीयूमा र ४४ भेन्टिलेटरमा उपचार भइरहेको  छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.