प्रदेश २: प्रचण्ड-माधव समूहको नेकपा संसदीय दलको नेतामा शत्रुधन महतो

प्रदेश २: प्रचण्ड-माधव समूहको नेकपा संसदीय दलको नेतामा शत्रुधन महतो

जनकपुरधाम: प्रदेश २ स्थित प्रचण्ड-माधव समूहको नेकपा संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् ।

मंगलबार मतदान प्रक्रियाबाट प्रदेशसभामा नेकपाको संसदीय दलको नेतामा महतोलाई चयन गरिएको सभामुख सरोज यादले जानकारी दिए ।

यसअघिका नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वासको प्रस्ताव मार्फत हटाउँदै नयाँ संसदीय दलको नेता चयन गरिएको हो । नेकपाको कुल ३२ जना प्रदेशसभा सदस्यमध्ये दाहाल–नेपाल समूहका १९ जना सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी प्रदेशसभा सचिवालय समक्ष प्रस्तुत गरेपछि सत्यनारायण मण्डल हटेका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता प्रक्रियामा १९ जना सदस्यमध्ये दाहाल पक्षका ७ जना र नेपाल पक्षका १२ जना छन् । तत्कालिन माओवादी केन्द्रबाट ११ जना र एमालेका २१ जना सदस्य रहेकोमा अविश्वास प्रस्ताव दर्तापछि दाहाल–नेपाल समूहमा १९, ओली समूहमा १० र ३ जना सदस्य अस्पष्ट छन् ।

प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल-नेपाल समूहबीच विवाद उत्पन्न भएपछि ओली समूहका सत्यनारायण मण्डललाई दलको नेताबाट हटाई दाहाल नेपाल समूहका महतोलाई चयन गरिएको हो ।

पार्टीको विधान अनुसार पार्टीको कुल प्रदेशसभा सदस्यको ५० प्रतिशत भन्दा बढीको बहुमतबाट अविश्वासको प्रस्ताव मार्फत नेतालाई अर्को नेता चयन गर्न सकिने प्रावधान अनुसार दलको नयाँ नेता चयन गरिएको नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.