जनकपुरमा ओली समूहको प्रदर्शन, बालबालिकाको पनि प्रयोग

जनकपुरमा ओली समूहको प्रदर्शन, बालबालिकाको पनि प्रयोग

जनकपुरधाम: केपी ओली समूहको नेकपाले म‌गलबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ ।

प्रचण्ड माधव समूहको विशाल र्‍याली निकालेको केही दिनमै ओली समूहले प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि जनकपुरधाममा ओली समूहका कार्यकर्ताले ओलीको कदम बचाउ गर्दै पहिलो पटक शक्ति प्रदर्शन गरेका हुन् ।

धनुषाको विभिन्न स्थानीय तहबाट बस तथा ट्रयाक्टरमा आएका कार्यकर्ताहरु जनकपुरधामस्थित रेल्वे स्टेशनमा जम्मा भइ र्‍याली निकालिएको थियो । रेल्वे स्टेशनबाट निस्केको र्‍यालीले जनकपुर नगरको विभिन्न भागको परिक्रमा गरी प्रदेश पार्टी कार्यालय पुगी कोणसभामा परिणत भएको थियो ।

भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिलानाथ श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री जुली महासेठ लगायत वक्ताहरुले ओलीको बचाउ गर्दै बोलेका थिए ।

बालबालिकाको व्यापक प्रयोग

ओली समूहको प्रदर्शनमा ठूलो संख्यामा बालबालिकाहरु समेत सहभागी भएको पाइएको थियो । जुलुसमा थुप्रै बालबालिकाहरुले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाइरहेका थिए ।

जुलुसमा १० देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु पनि नेकपाको पक्षमा नारा लगाउँदै र्‍यालीमा सहभागी थिए । यसरी राजनीतिक विरोध वा प्रदर्शनमा बालबालिकालाई प्रयोग गर्नु बालअधिकारको उल्लंघन गरेको ठहरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.