संसद विघटनविरूद्ध परेका रिटमा सुनुवाइ जारी

संसद विघटनविरूद्ध परेका रिटमा सुनुवाइ जारी

काठमाडौं : संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। कारण देखाउ आदेशअनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबाट लिखित जबाफ आएपछि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

संसद विघटनविरुद्ध दर्जन जति रिट सर्वोच्चमा परेका छन्। गत पुस १० गते संवैधानिक इजालसले प्रारम्भिक सुनुवाइपछि संसद विघटन गर्नुपर्ने कारण देखाउ आदेश जारी गरेको थियो।  

रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलास गठन भएको छ। 

सुनुवाइको पहिलो चरणमा रिट निवेदक पक्षबाट वकिलहरूले वहस गर्नेछन्। त्यसपछि विपक्षीबाट सरकारी वकिलहरूले जबाफ दिने अनि  एमिकस क्युरीबाट पनि बहस हुनेछ। बहस सकिएपछि इजालसले लिखित रुपमा बहस नोट समेत मगाएर अध्ययन गर्नेछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.