ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदियो

ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदियो

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइट ट्विटर अकाउन्ट १२ घण्टाका लागि बन्द गरिएको छ। चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्विटरले जनाएको छ। ट्विटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ। यो ट्विट हाम्रो नीति विपरीत रहेका छन्।’

ट्विटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ। ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्विटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ।

यस अगाडि अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर आक्रमण गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला उनीहरुले संसद्‍भित्रै पसेर आक्रमण गरेका हुन्।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि बहस रोक्नु पर्‍यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्। उक्त प्रदर्शनमामा गोली चलेको थियो । गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान भने हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.