अमेरिकी संसद्‍मा बैठक पुनः सुरु

अमेरिकी संसद्‍मा बैठक पुनः सुरु

वासिङटन डिसी : अवरुद्ध भएको अमेरिकी संसद्‍मा बैठक पुनः सुरु भएको छ। अमेरिकी संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि बैठक पुनः सुरु भएको हो।

उक्त बैठकमा राष्ट्रपति-निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोक्नु परेको थियो।

प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड र प्रहरीसँग मुठभेड गरेका थिए। यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।

प्रदर्शनकारीहरू 'अमेरिकालाई बचाऔ' र्‍यालीमा क्यापिटल पुगेका हुन्। त्यहाँ ट्रम्पले उनीहरूलाई जुन सांसदले बाइडनको जितलाई अस्वीकार गरे उनीहरूको समर्थन गर्न आग्रह गरेका थिए।

ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गरिरहेका छन्। उनले कुनै प्रमाणविनै चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए।

यता हिंसालाई प्रश्रय दिएको भन्दै ट्रम्पको सोसल साइट ट्विटर अकाउन्ट १२ घण्टा र फेसबुक अकाउन्ट १२ घण्टाका लागि बन्द गरिएको छ। उक्त समयसम्म ट्रम्पले कुनै पोस्ट गर्ने नपाउने भएका छन्। - बिबिसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.