अमेरिकी संसदमा तोडफोड र हिंसा : पूर्वराष्ट्रपति र विश्व नेताद्वारा भर्त्सना

अमेरिकी संसदमा तोडफोड र हिंसा : पूर्वराष्ट्रपति र विश्व नेताद्वारा भर्त्सना

एजेन्सी : अमेरिकी संसदमा भएको तोडफोड र हिंसाको घटनालाई अमेरिकाका पूर्वराष्ट्रपतिलगायत विश्वभरिका नेताहरुले भर्त्सना गरेका छन्। संसद्‌मा देखिएको हङ्गामापछि उनीहरूले त्यसको आलोचना गरेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झने बताएका छन्। उनले भनेका छन्, ‘यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ।’

यता पूर्वराष्ट्रपति विल क्लिन्टनले जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको टिप्पणी गरेका छन्।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसले लापरबाही राजनीतिक नेताको व्यवहारबाट हिंसा भएको बताएका छन्। उनले भनेका छन्,‘चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था) मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन... यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो।’

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गरेका छन्। उनले लोकतान्त्रिक मुलुकको लागि शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण भएको धारणा राखेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको धारणा राखेका छन्।

न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले लोकतन्त्रको जित हुनेमा शंका नरहेको बताएकी छन्।

जर्मनीका विदेश मन्त्री हेइको मासले यसअघि ट्रम्पले शब्दमा व्यक्त गर्ने आक्रोश हिंसात्मक कदममा परिणत भएको उल्लेख गर्दै निर्वाचनको परिणामलाई सम्मान गर्न ट्रम्प र उनका समर्थकलाई आग्रह गरेका छन्।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद चलिरहेको समयमा क्यापिटल बिल्डिङमा पसेर आक्रमण गरेका हुन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला उनीहरुले संसद्‍भित्रै पसेर आक्रमण गरेका हुन्।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि बहस रोकिएको थियो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए। त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप हुँदा गोली चलेको थियो। गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान भने हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.