ट्रम्पद्वारा ८ वटा चिनियाँ एप्स प्रतिबन्धित
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आठवटा चिनियाँ एप्समा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। चिनियाँ एप्सलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप लगाएका ट्रम्पले अलिपे, विच्याट गरी अन्य चिनियाँ कम्पनीसँग जोडिएका एप्समार्फत कारोबारमा प्रतिवन्ध लगाएका हुन्।
चिनियाँ एप्सले प्रयोगकर्ताको जानकारी चिनियाँ सरकारलाई पुर्याइरहेको ट्रम्पको दाबी छ ।
ट्रम्पको आदेश अनुसार वीमेट, वीच्याट पे, अलिपे, क्यामस्क्यानर, क्यूक्यू वालेट, शेयर इट, टेन्सेन्ट क्यूक्यू, र डब्ल्यूपीएस अफिसमा प्रतिबन्ध लाग्ने तयारी भएको छ।