प्रहरीलाई ठक्कर दिँदै फरार भएपछि...

प्रहरीलाई ठक्कर दिँदै फरार भएपछि...

राजविराज : ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा ठक्कर दिँदै फरार भएका मोटरसाइकल चालक थुनामा परेका छन् ।

असई हिमबहादुर खतिवडालाई ठक्कर दिँदै घाइते बनाएर फरार रहेका मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–१८ का ३४ वर्षीय डम्वरनारायण चौधरी पुर्पक्षका लागि थुनामा परेका हुन् ।

सप्तरीको सुरुङगा नगरपालिका–४ स्थित पूर्व–पश्चिम रागमार्गमा रहेको ट्राफिक प्रहरी पोष्ट कदमाहा कार्यरत असई खतिवडा मङ्सिर २१ गते विहान सवारी साधन चेकजाँच गरिरहेका थिए । असईले चेकजाँचका लागि चौधरी सवार स.७ प २५८० नम्बरको मोटरसाइकल रोक्न इशारा गरे ।

सवारी चालक अनुमति पत्र नभएका चौधरीले मोटरसाइकल रोक्नुको साटो तिब्र गतिमा मोटरसाइकल कुदाए । मोटरसाइकल रोक्न खोजेका असई खतिवडालाई ठक्कर लाग्यो । उनी लडेर घाइते भए, खुट्टा भाँचियो ।

फरार भएका चौधरीलाई प्रहरीले पक्राउ गरी सवारी अङ्गभङ्गमा मुद्दा चलायो । सप्तरी जिल्ला अदालतको आदेशले चौधरी पुर्पक्षका लागि राजविराज कारागारको थुनामा परेका छन् ।

दुर्घटनामा घाइते असइ खतिवडाको स्वास्थ्यमा सुधार भइरहेको इलाका प्रहरी कार्यालय, कडरबोनाका इन्स्पेक्टर बिरेन्द्र पासवानले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.