नाइजेरियामा सडक दुर्घटना: २२ को मृत्यु, २६ घाइते
नाइजेरिया: नाइजेरियामा एकै दिन भएका दुई ठूला राजमार्गमा भएका दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।
बुधबार लोकोजा कागी राज्यस्थित भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । जहाँ तीन पुरुष र ११ महिला थिए ।
यस्तै काबा भन्ने अर्को क्षेत्रमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भयो । दुबै दुर्घटनाका २६ घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये केहीको वस्था गम्भीर रहेको बताइएको छ ।