मुकुन्डो बनाउँदै युवा

मुकुन्डो बनाउँदै युवा

भक्तपुर : कागजको मुकुन्डो बनाउने पेसा चित्रकारहरूको पुख्र्यौली पेसा हो। यो नेपालको मौलिक एवं परम्परागत सीप र पेसासमेत हो। पछिल्लो समयमा चित्रकार समुदायका युवा यो पेसामा आकर्षित छैनन् तर बजारमा कलाकृतिको माग भने घटेको छैन।

अन्तर्राष्ट्रियस्तरमै नेपाली मौलिक तथा परम्परागत सीप र कलाको प्रचारप्रसार भएपछि यसको माग ह्वात्तै बढेको कलाकारहरू बताउँछन्। कागजको मुकुन्डो हस्तकलासमेत भएकाले कलापारखी यसतर्फ बढी आकर्षित भएको उनीहरू सुनाउँछन्।

युवा पुस्ताका कलाकारको अभावले कागजको मुकुन्डो बनाउने पेसा नै लोपोन्मुख भएको भक्तपुर हस्तकला संघका अध्यक्ष गणेशमान राजचल बताउँछन्। हजारौं वर्ष पुरानो कागजको मुकुन्डो बनाउने पेसा र प्रविधि लोप हुने अवस्था आएपछि संघले युवा पुस्तालाई एकमहिने आधारभूत तालिम दिएको उनी सुनाउँछन्।

संघका सचिव एवं प्रशिक्षक सोम तामाङले युवा पुस्ता नआउँदा नेपालका मौलिक एवं परम्परागत पेसा तथा कला हराउँदै जान थालेको सुनाए। 

गैरनेवार भएर पनि कागजको मुकुन्डो बनाउने नेवारको पुख्र्यौली पेसा अँगाल्दै आएका तामाङले युवा पुस्ता आकर्षित भए यसले निरन्तरता पाउने स्पष्ट पारे।

नेपाल हस्तकला महासंघको आर्थिक सहयोगमा भक्तपुरमा जारी एकमहिने कागजको मुकुन्डो बनाउने तालिममा ७ पुरुष र ५ महिला सहभागी छन्। तालिममा गैरनेवार युवासमेत सहभागी रहेको प्रशिक्षक तामाङले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.