प्रधानमन्त्रीको स्वागतमा उपस्थित भएनन् सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्री

प्रधानमन्त्रीको स्वागतमा उपस्थित भएनन् सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्री

धनगढी : प्रधामन्त्री केपी ओलीको स्वागतका लागि प्रदेश सरकारको शून्य सहभागिता देखिएको छ। मुख्यमन्त्रीसहित पाँच जनाको मन्त्रिपरिषदका् सदस्य प्रधानमन्त्री ओलीको स्वागतका लागि धनगढी विमानस्थल नगएका हुन्। 

प्रदेश प्रमुख सर्मिला पन्तबाहेक, मुख्यमन्त्री र मन्त्री विमानस्थल नगएका हुन्। 

प्रदेशका मन्त्री सहभागी नभए पनि संघीय चारजना मन्त्रीहरु, वाणिज्य अथा आपूर्ती मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी भने प्रधानमन्त्रीको ओलीको स्वागतमा विमानस्थल पुगे। 

प्रदेश सरकारमा रहेका ओली समूहका दुईजना मन्त्रीहरु पठान सिह बोहरालाई पदमुक्त गरिएको छ भने आर्थिक मामिलामन्त्रीले राजीनामा दिएका छन्। 

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र भूमी व्यवस्था तथा कृषि मन्त्री विनिता चौधरीमध्ये कोही पनि प्रधानमन्त्रीको स्वागतमा विमानस्थल नगएका हुन्। नेकपा विभाजित हुँदा यी पाँचैजना मन्त्री अहिले प्रचण्ड-नेपाल पक्षमा खुलेका छन्। 

वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले मुख्यमन्त्रीसहितका मन्त्रीहरुमा सामान्य नेपाली संस्कार पनि नभएको बताए। 

‘देशको प्रधानमन्त्री आएका बेला प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु स्वागतका लागि जादैनन भने के को संस्कार भन्ने ?’, उनले भने, ‘अहिले पक्ष विपक्ष जे भएपनि पार्टी विभाजन नभएको र देशका प्रधानमन्त्रीका लागि प्रदेश सरकारले गरेको यो अपमान हो।’

तर मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिह ओलीले मुख्यमन्त्री र कार्यालयलाई प्रधानमन्त्रीको भ्रमणका बारेमा कुनै आधिकारिक जानकारी नआएकाले नगएको बताए। ‘यो आफ्नो गुटको भेला हो, अर्को गुटकालाई किन भन्ने भनेर प्रधानमन्त्रीको सचिवालयले खबर नगरेका होला, त्यसैले गएनौं’, स्वकीय सचिव ओलीले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.