नेकपा शुद्धिकरण अभियानमा छ : गृहमन्त्री बादल

नेकपा शुद्धिकरण अभियानमा छ : गृहमन्त्री बादल

दोलखा : गृहमन्त्री रामबहादुर थापाले मेचीकाली अभियानले नेकपा भित्रका गैरसर्वहारा प्रवृत्तिहरु र गैर क्रान्तिकारी प्रवृत्तिलाई शुद्धिकरण गर्ने बताएका छन् । 

नेकपा केपी ओली समूहले शुक्रबार दोलखाको सदरमुकाम चरिकोटमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री थापाले नेकपा भित्रका गैरसर्वहारा प्रवृत्तिहरु र गैर क्रान्तिकारी प्रवृत्ति पन्छिँदै जाने बताए। प्रचण्ड-नेपाल समूहको फुटले कम्युनिस्ट आन्दोलनका विजातीय तत्वहरु आफैँ पन्छिँदै गइरहेको जिकिर उनको छ। 

दोलखामा शुक्रबार नेकपा ओली समूह र नेकपा प्रचण्ड-नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका थिए। नेकपा ओली समूहले सदरमुकाम चरिकोटमा शुक्रबार आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेलामा उपस्थित गृह मन्त्री थापालाई नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध जनाए। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग कार्यकर्ता भेलामा सहभागी हुन आएका गृहमन्त्री थापालाई  कालो बेलुन उडाएर विरोध जनाएका हुन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ‘कू’ गरेको आरोप लगाउँदै नेकपा प्रचण्ड-नेपाल समूहले नाराजुलुस सहित बजार परिक्रमा गरेर कार्यक्रम गरेको छ। 

यो समूहले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीमार्फत प्रधानमन्त्री ओलीलाई नेपालको संविधान अध्ययन गर्न पठाएका छन्। 

    

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.