जो बाइडेनको सरकार उद्घाटनसभामा ट्रम्प उपस्थित नहुने !

जो बाइडेनको सरकार उद्घाटनसभामा ट्रम्प उपस्थित नहुने !

वासिंटन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न अझै तयार देखिएका छैनन् ।

उनले फेरि आफ्ना हजारौँ समर्थकहरुलाई सम्बोधन गर्दै चुनाव आफूबाट चोरिएको भन्दै उत्तेजित अभिव्यक्ति दिए । यद्यपि ट्रम्पले आफू शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको अभिव्यक्ति भने दिएका छन् ।

तर हालै उनले के पनि भनेका छन् भने जो बाइडेनले जिम्मेवारी लिने क्रममा अर्थात् नयाँ सरकार घोषणाको दिन जनवरी २० मा उनी सहभागी नहुने प्रतिक्रिया दिएका छन् । उनको यस्तो अभिव्यक्तिले उनी अझै सरकार हस्तान्तरणका लागि तयार नदेखिएको संकेत गर्ने बताइएको छ ।

यस्तै ट्रम्पको गतिविधिलाई लिएर विश्वका थुप्रै प्रभावशाली नेता तथा राष्ट्र प्रमुखहरुले टिप्पणी गरेका छन् । क्यापिटल हिलमा बुधबार भएको हिंसात्मक घटना ट्रम्पले नै गराएको भन्दै उनीप्रति धेरै नेताहरुले कडा आलोचना गरेका छन् ।

यस्तै डेमोक्र्याट्स सांसदहरुले ट्रम्पमाथि महाअभियोग लगाउनेबारे पनि छलफल गरिरहेका छन् । अमेरिकी मिडियाका अनुसार उनीहरु अहिले यदी उनी बर्खास्त नभएमा तत्काल महाभियोग लगाउने बारे छलफल गरिरहेका छन् ।

गत बुधबार ट्रम्पका समर्थकहरुको भीड संसद भवनभित्र छिरेर हिंसात्मक हमला गर्दा ५ जनाको मृत्यु भएको छ । ट्रम्पले बारम्बार निर्वाचनमा धाँधली भएको र विद्रोह गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनीहरुका समर्थहरुले यस्तो हमला गरेका थिए । साथै उनले मतपरिणाम स्वीकार नगर्ने पनि बताउँदैआएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.