डोल्पाको जगदुल्लामा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा
डोल्पा: डोल्पाको जगदुल्ला गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन गरिएको छ। बढ्दो कोरोना भाइरसबाट संक्रमितको उपचार गर्न गाउँपालिकामा ५ बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो ।
जुम्ला र जाजरकोटसँग सीमा जोडिएको जगदुल्ला गाउँपालिकामा पछिल्लो समय कोरोना भित्रन सक्ने भन्दै पूवै तयारी स्वरुप अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष रोकायाका अनुसार जिल्ला सदरमुकाममा कोरोना दैनिक बढि रहेकोले आफनो गाउँपालिका क्षेत्रमा पनि संक्रमण हुन सक्ने देखिएकोले पूर्व तयारी थालिएको बताए ।
गाउँपालिकाका ५ बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा समेत आएको प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए । जैसीले भने, 'तयारी पहिले नै नगरे संक्रमण फैलिसके झनै ठूलो खतार निम्तले भएकोले पनि कोरोना अस्थाी अस्पताल सञ्चालन गरिएको हो ।'
गाउँपालिकाकाले सार्वजानिक सुचना जारी गर्दै गाउँपालिकाबाट सदरमुकाम र छिमेकी जिल्लामा जादा अनिवार्य सिफारिस लिनुपर्ने र भित्र प्रवेश गर्दा पीसीआर गरेको हुनुपर्ने समेत उल्लेख गरेको छ । यदी पीसीआर बिना नै गाउँपालिकामा प्रबेश गरे १० दिन तोकेको क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सबै सजक रहन आग्रह गरेको छ ।
पीसीआर र एन्टीजिन प्रबिधिको प्रयोगबाट परिक्षण गरी संक्रमितहरुको उपचार कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरिने भएकोले अस्पतालाका लागि चाहिने प्रयाप्त भएका सबै साधनको व्यवस्थापन गरेको बताइएको छ ।