‘रक्सी भट्टीमा पनि प्रचण्ड र माधव नेपालको जुलुसमा जस्तो बोल्दैनन् ...’

‘रक्सी भट्टीमा पनि प्रचण्ड र माधव नेपालको जुलुसमा जस्तो बोल्दैनन् ...’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो विरोधमा प्रचण्ड-नेपाल समूहले गरेको जुलुसमा राष्ट्रपतिको अपमान गरेको भन्दै आपत्ति जनाएका छन्। 

शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले गरेको जुलुसमा जस्तो रक्सी भट्टीमा पनि नबोल्ने बताए। 

रक्सी भट्टीको बाटो हिँड्दा बेठिक बेठिक बोलेको सुने पनि प्रचण्ड र माधव नेपालको जुलुसमा जस्तो नबोलेको उनको भनाइ छ। उनले उनीहरुको सभ्यता नै त्यस्तै भएको टिप्पणीसमेत गरेका छन्। 

‘रक्सी भट्टीमा पनि त्यस्तो बोलेको सुनेको छैन। बेठिक बेठिक त बोल्छन्। तर प्रचण्ड र माधव नेपालको जुलुसमा जस्तो बोल्दैनन्’, ओलील भने, ‘उहाँहरुको सभ्यता त्यस्तो छ।’ 

ओलीले राष्ट्रको सर्वोच्च संस्थामाथि हिलो छ्याप्न लाज नमान्ने अचम्मको संस्कृति उनीहरुमाथि भएको आरोपसमेत लगाए। ‘राष्ट्रको सर्वोच्च संस्थामाथि हिलो छ्याप्न लाज नमान्ने अचम्मको संस्कृति छ’, ओलीले भने। 

जनताको बीचमा जाने निर्णय कसरी लोकतन्त्र विरोधी ? 

ओलीले जनताका बीचमा जाने निर्णय लोकतन्त्र विरोधी नभएको भन्दै आफ्नो संसद विघटनको निर्णयको बचाऊ गरेका छन्।  

‘जनताका बीचमा जाने कुरो लोकतन्त्र विरोधी हुँदैन। हामीले ताजा जनादेशका लागि जाने कुरा गरेका छौँ’, ओलीले भने, ‘हन्डीडीबाट चलेका यी बिकाउ बोली हुन्। यी बिकाउ बोलीबाट न्याय प्रभावित हुन्छ भन्ने नठान्नुहोस्।’ 

ओलीले प्रचण्ड र नेपाललाई कुहिएको फलको संज्ञा दिएका ओलीले डालोमा टास्न खोजेर नुहेन बताए। 
‘कुहिएको फललाई डालोमा टास्न खोजेर हुँदैन। त्यो झर्छ। चुनाव वैशाखमा हुन्छ। हुन्छ। यसमा भ्रम र अन्यौलमा पर्नु जरुरी छैन’, ओलीले भने। 

अनेक पल्ट मर्दै बाँच्दै म लोकतन्त्त मास्न आएको होइन  

ओलीले आफू जेल र नेल खटेर लोकतन्त्र मास्न नआएको भन्दै चुनाव हुने कुरामा ढुक्क भएर चुनावको वातावरण सिर्जना गर्न अपील गरेका हुन्। उनले हरेक पल्ट मर्दै बाँच्दै आफू लोकतन्त्र मास्न नआएको प्रष्ट पारे। 

‘केपी ओली जेल नेल खटेर अनेक पल्ट मर्दै बाच्दै आएको लोकतन्त्र मास्न होइन। लोकतन्त्रको रक्षाका लागि आएको हो’, ओलीले भने, ‘त्यस कारण चुनाव वैशाख १७ र २७ गते हुन्छ। चुनावको माहोल तयार गर्नुहोस्। हामीले यसपटक चुनावी वातावरणको लहर सिर्जना गर्नुपर्छ।’  

मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ? 

ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई आफूलाई कहाँबाट निष्कासित गरेको भनेर सोधेका छन् । ‘उहाँहरुले मलाई निकाल्नुभयो रे ! म सोध्न चाहन्छु, मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ?’, ओलीले प्रश्न गर्दै भने । 

त्यस्तै ओलीले प्रचण्डले सूर्य चिह्न मेरो भन्न नमिल्ने बताए । यसो भन्न प्रचण्डलाई लाज हुनुपर्ने उनको भनाइ छ । ‘सूर्य चिह्न पाउँ भनेर निर्वाचन आयोगमा जान प्रचण्डलाई लाज हुनुपर्दैन । प्रचण्ड सूर्य चिह्नमा कहिलै लडेका छन् चुनाव ? अर्कै चिह्नबाट चुनाव लडेकाले सूर्य चिह्न मेरै हो भन्न मिल्छ ?’, ओलीले भने । 

उनले यो भन्दा मजाक अर्को नहुने बताए । २०७४ को चुनावअघि एउटै चुनाव चिह्नमा लडौँ भन्दा नमानेका प्रचण्डले अहिले सूर्य चिह्न मेरो भनेको भन्दै आश्चर्य व्यक्त गरे । 

कार्की बैंकेटबाट माधवकुमार नेपाल अध्यक्ष भएको भन्दै उनले व्यङ्ग्य गरे । ‘कुन महाधिवेशनबाट माधव नेपाल अध्यक्ष भए ? कार्की बैंकेटमा कसले तपाईं अध्यक्ष बन्नुभयो भनिदिएछ , त्यसपछि अध्यक्ष रे !’, ओलीले भने, ‘यस्तो मजाकले राजनीतिक हाकिन्छ देशको ? यी पद लोलुप, रिमोटबाट चलेका तत्वको ध्वजी उडाउनुहोस् । उनीहरुबाट जनतालाई मुक्त गराउनुहोस् ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.