सहकारी डिजिटल कारोबारमा जाने

सहकारी डिजिटल कारोबारमा जाने

काठमाडौं : राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी प्रविधिमा जोडिन आवश्यक भएको बताएका छन्। उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै सहअध्यक्ष पौडेलले सहकारीमार्फत विद्युतीय कारोबारमा जोड दिनुपर्ने बताए। नगद कारोबार जोखिम हुने भएकाले डिजिटल माध्यमबाट सबै सहकारीले कारोबार गर्नुपर्ने उनको भनाइ छ। 

सहकारी क्षेत्रमा युगान्तकारी परिवर्तन आवश्यक भइसकेको उनको भनाइ छ। ‘अब पैसा बोकेर किनमेल गर्न जानुपर्दैन’, उनले भने,‘करिब ३ वर्षभित्रै क्यास बोक्नुपर्ने अवस्था अन्त्य हुने छ।’ हब कोपरेटिभ सर्भिसका माध्यमबाट सबै सहकारीलाई प्रविधिमा जोड्ने तयारी भइरहेको बताए।  

‘हब सहकारीका माध्यमबाट प्रविधिमैत्री विद्युतीय कारोबार हुने छ’, उनले भने,‘मोबाइलबाटै पैसा पठाउन, झिक्नलगायत विभिन्न कारोबार गर्न सकिन्छ।’ 

हब कोअपरेटिभ सर्भिस सहकारीको पनि सहकारी भएको भन्दै सबै सहकारीले घरमै बसेर पनि प्रविधिमार्फत सम्पूर्ण सेवा दिन सक्नुपर्ने उनले बताए। बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीले पनि प्रविधिको प्रयोग गर्ने उनले विश्वास व्यक्त गरे। 

तीन खम्बे अर्थनीतिमा सहकारी कमजोर खम्बा हुन नहुनेतर्फ अभियानले विशेष जोड दिनुपर्ने उनको भनाइ छ। सहकारी ऐन र नियमावलीले धेरै कोषको व्यवस्था गरेका कारण सहकारी बलियो हुने देखिए पनि सहकारीमा लाग्ने व्यक्तिको आकर्षण घट्न सक्नेमा उनले चिन्ता व्यक्त गरे। ‘ऐन संशोधन गर्ने क्रममा यस विषयमा व्यापक छलफल हुने छ’, उनले भने। 

प्रा डा डिल्लीराम दाहालले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को जोखिममा पनि संस्थाले सदस्यको हितमा रचनात्मक काम गरेको बताए। 
उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवराज शर्माले खाद्यन्न कारोबार र साहित्यिक क्षेत्रको अभियान उल्लेख्यरुपमा अघि बढेको बताए। खाद्यन्न तथा उपभोग्य वस्तुको प्याकेजिङ, बिक्री वितरण, प्रकाशणलगायतका क्षेत्रमा सहकारीले प्राथमिकतासाथ काम गर्दै आएको उनले बताए। संस्थाले तीन स्थानबाट खाद्यन्न बिक्री गर्दै आएको छ। 

संस्थाका कोषाध्यक्ष योगराज पौडेलले गत वर्षको तुलनामा २७ लाख ५० हजार सेयर वृद्वि भई ५ करोड पुगेको बताए। संस्थाले अघिल्लो वर्षको तुलनामा १३.७९ प्रतिशतले वृद्वि गरी ३९ करोड ५० लाख निक्षेप संकलन गरेको छ। संस्थाले ६६ लाख ६९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। 

संस्था योजना तथा विसका उपसमिति संयोजक विपिन शर्माले नाफाबाट शेयर सदस्यलाई ८.७ प्रतिशत सेयर लाभांश दिने बताए। त्यस्तै बचत तथा ऋण योजनामा सहभागी हुने सदस्यले संरक्षित पुँजी कोषबाट लाभ लिने उनले बताए। ‘संरक्षित पूँजी कोषबाट कसरी फिर्ता दिने भन्ने विषयमा कार्यविधि बन्दै छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.