सरकारविरोधी प्रदर्शनमा तरुण दलका कार्यकर्ताहरुबीच नै झडप, ६ घाइते

सरकारविरोधी प्रदर्शनमा तरुण दलका कार्यकर्ताहरुबीच नै झडप, ६ घाइते

इटहरी: सरकारविरोधी आन्दोलनको क्रममा रहेको नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलकै कार्यकर्ताहरुबीच इटहरीमा झडप भएको छ । साँझ भएको झडपमा ६ जना घाइते भएका छन् ।

इटहरीमा विरोध प्रदर्शनको लागि र्‍याली निकालिसकेपछि कोणसभाको क्रममा दुई पक्षबीच झडप भएको हो । लामो समयदेखि तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ र नेविसंघका पूर्व केन्द्रीय उपसभापति भइसकेका विकास केसीबीचको विवादले झडप निम्त्याएको बताइएको छ ।

यद्यपी केसीले आरोप अस्वीकार गरेका छन् । गत पुस १५ गते तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीले मनोज लिम्बुलाई नगर उपाध्यक्षमा मनोनयन गरेका थिए । तर लिम्बु पूर्णकालीन सदस्य नभएको भन्दै जिल्ला समितिले खारेज गरेपछि विवाद चर्किएको थियो । जुलुस सकिएर कोणसभाका क्रममा चोकमै दुई समुहबीच हानाहान भएको थियो ।

आफ्नो पक्षका दुई जना र लिम्बु पक्षका ४ जना युवाहरु घाइते भएको गुरुङले बताए । उनले तरुण दलको बढ्दो सक्रियतालाई नेविसंघको नेतृत्व सम्हालेका विकास केसीले हेर्न नसकेको प्रतिक्रिया दिएका छन् । ‘३ ख को कार्यक्रममा जानुपर्ने मनोजलाई विकासले ३ क को कार्यक्रममा बोलाएर सुनियोजित रुपमा आक्रमण गरेको हो,’ उनले भने ।

केसीले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै संलग्नता पाइए साधारण सदस्यता नै त्याग्ने बताए । कोभिड १९ को सुनसरी संयोजकसमेत रहेका केसीले भने, ‘मेरो संलग्नता छैन, बरु गुरुङ र लिम्बुलाई कारवाही गर्नुपर्छ ।’ पार्टीले १० वर्षदेखि पूर्णकालिन सदस्यता नबाँडेको बताउँदै मनोनयन खारेज गर्ने जिल्ला समितिको निर्णय व्यवहारिक नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.