भारतीय कुटनीतिज्ञ भन्छन्: भारतले नेपालमा हिन्दूवादी आन्दोलनलाई मलजल गर्दैछ !

भारतीय कुटनीतिज्ञ भन्छन्: भारतले नेपालमा हिन्दूवादी आन्दोलनलाई मलजल गर्दैछ !

नयाँदिल्ली: नेपालबारे जानकार मानिने भारतीय कुटनीतिज्ञ एस डी मुनीले नेपालको आन्तरिक मामिलामा भारतले सावधानीपूर्वक र चलाखीपूर्ण तरिकाले कार्ड खेलिरहेको बताएका छन् ।

नेपालको पछिल्लो विकसित घटनाक्रमबारे भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै उनले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको उल्लेख गरेका छन् ।

साथै उनले नेपालको सन्दर्भमा भारतले तत्कालका लागि रणनीतिक उपलब्धि हासिल गरेको पनि दावी गरेका छन् । यस पटक सत्ता सञ्चालनमा अस्थिरता उत्पन्न हुँदा प्रधानमन्त्रीले पहिले झैँ भारतलाई दोषारोपण नगरेकोमा पनि आफूहरुको उपलब्धिको रुपमा एस डी मुनीले व्याख्या गरेका छन् ।

यस्तै भारतले यस क्रममा होसियारीपूर्वक र चलाखीपूर्वक रुपमा नेपालमा रणनीतिक उपलब्धि हासिल गरेको उनले दावी गरेका छन् । मुनीले आफ्नो लेखमा ओलीविरोधी शक्तिहरुले उनलाई हटाउन खोज्दा हतास भएका ओलीको सत्ता टिकाउन भारतले सहयोग गरेको पनि जिकिर गरेका छन् ।

भारतीय स्वतन्त्रता दिवसमा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दा सकारात्मक रुपमा रेस्पोन्स गरेको र सेना प्रमुख, रअ प्रमुख, विदेश सचिवहरुको क्रमश नेपाल भ्रमणको प्रसंग जोड्दै ती सबै भ्रमणहरु ओलीको आन्तरिक कलहका बीच नै सम्भव भएको पनि उनले उल्लेख गरे ।

'यी गतिविधिहरुबाट भारतले आफ्नो तात्कालिक र रणनीतिक लक्ष्य हासिल गरेको छ,' मुनीले लेखेका छन् । यस्तै उनले ओलीको अवसरवादी र राजनीतिक रुपमा भारतविरोधी राष्ट्रवाद पनि उजागर भएको दावी गरेका छन् । साथै कम्युनिस्ट पार्टीको एकता र प्रभुत्व भत्किँदा यसको संरक्षकको रुपमा चीन लज्जित भएको पनि उनले आरोप लगाएका छन् ।

तर भारतले भने नेपालमा पछिल्लो समय फालिएका राजाको नेतृत्वमा आन्दोलित हिन्दूवादी शक्तिहरुलाई मलजल गरिरहेको पनि मुनीको दावी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.