कालीगण्डकीमा खुल्यो ट्र्याक

कालीगण्डकीमा खुल्यो ट्र्याक

लक्ष्मण पोखरेल/बुटवल, कृष्ण पोखरेल/तानसेन-

 

चीन–नेपाल–भारत जोडिने महत्त्वपूर्ण कालीगण्डकी करिडोरको ट्र्याक खोल्ने काम सकिएको छ। पहिलो चरणको ९९ प्रतिशत काम सकिएको करिडोरले लुम्बिनी, गण्डकी र बागमती प्रदेशलाई जोड्नेछ।

भारतको सुनौली नाकादेखि चीनको कोरला नाकासम्म जोडिने यो सडक त्रिदेशीय व्यापार र धार्मिक पर्यटकीय मार्ग हो। यो सडकले उत्तर–दक्षिणलाई जोडेर तीन प्रदेशका ९ जिल्लालाई गुल्जार गर्नेछ। अनकन्टार पहाडमा सडक निर्माण गरी गाउँलाई समेत सहरीकरण गरिँदै छ। करिडोर व्यापार, पर्यटनमात्रै नभई १५ लाख नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको छ। सडक नै नपुगेका कतिपय गाउँबाट स्वास्थ्य सेवा नजिकिएको छ भने हिमाली उत्पादनको व्यापारमा सहज भएको छ।

नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासम्मको ४३२ किलोमिटर उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको ९९ प्रतिशत ट्र्याक खुलिसकेको छ। करिडोरको पाल्पा खण्डमा ५ सय मिटरमा ट्र्याक खोल्ने काम भइरहेको छ। यो राष्ट्रिय गौरवको आयोजना हो। ट्र्याक खुलेका सडकमा कालोपत्रे, पुल निर्माण, सडक चौडा, नाली विस्तार, ग्राभेलका काम भइरहेका छन्। यो करिब २५ अर्बको आयोजना हो। कालीगण्डकी करिडोरको नवलपरासी, पाल्पा, गुल्मी, पर्वत, स्याङ्जा, म्याग्दी, मुस्ताङमा ट्र्याक खोली सडक खोलिसकिएको छ भने कुनै–कुनै ठाउँमा सडक पिच भएर सवारीसाधन आवतजावत गर्न थालिसकेका छन्। करिडोरको बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्मको ८२ किलोमिटर क्षेत्रमा विगत १० वर्षदेखि यातायात सञ्चालनमा आएको छ।  आगामी ५ वर्षभित्र गैंडाकोटदेखि मालढुंगासम्मको २ सय ४५ किलोमिटर सडक कालोपत्रे भइसक्ने कालीगण्डकी करिडोर कार्यालय पाल्पाका आयोजना प्रमुख सुबोधप्रसाद देवकोटाले बताए।

आउँदो २०७९ असार मसान्तसम्म राम्दी गैंडाकोटको १ सय ३२ किलोमिटर सडक कालोपत्रे सक्ने गरी भारत सरकारको ५ अर्ब ऋण सहयोगमा काम भइरहेको छ। सो खण्डको रामपुर क्षेत्रमा १२ किलोमिटर पिच पूरा भएको आयोजना प्रमुख देवकोटाले बताए। करिडोरको मिर्मीदेखि पर्वतको अमरादीसम्मको ५२ किलोमिटर सडकमध्ये रानीपानीसम्मको १७ किलोमिटर सडक र गुल्मीको रिडीदेखि २१ किलोमिटर हर्मिचौरसम्मको कालोपत्रेको काम सुरु भएको इन्जिनियर राजीव मानन्धरले बताए। गुल्मी र बागलुङ क्षेत्रको ६१ किलोमिटर नेपाली सेनाले ट्र्याक खोली करिडोर कार्यालयलाई जिम्मा लगाइसकेको छ। 

२०६७ सालमा सरकारले सडक विभागअन्तर्गत करिडोरको छुट्टै कार्यालय स्थापना गरी ४ वर्षसम्म बागलुङ र ०७१ सालदेखि पाल्पामा कार्यालय राखी काम गर्दै आएको छ। ०५८ सालमा पाल्पामा पश्चिमाञ्चल क्षेत्रका जनप्रतिनिधि भेलाभएर कालीगण्डकीको किनारै किनार बाटो निर्माण गर्ने निर्णय गरेपछि करिडोरले मूर्त रूप लिएको तत्कालीन जिविस पाल्पाका सभापति झपेन्द्र जीसीले बताए।  कालीगण्डकी करिडोर देशका मुख्य ३ वटा राजमार्ग महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.