हिंसापछि ट्रम्पलाई महाअभियोग लगाउने तयारी

हिंसापछि ट्रम्पलाई महाअभियोग लगाउने तयारी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन्। तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध दङ्गालाई प्रोत्साहन गरेको आरोप लगाउने योजना छ।

संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो।  संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए । तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सेनटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ।

क्लाइबर्नले भने, 'आफ्नो प्राथमिकता निर्धारण गर्न र त्यसको कार्यान्वयन थाल्न राष्ट्रपति निर्वाचित बाइडनलाई एक सय दिन दिऊँ।' त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ। यदि माथिल्लो सदनले महाभियोग प्रस्ताव प्राप्त गरेमा ती कुराका निम्ति पर्खिनुपर्ने हुनसक्छ। ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ।

त्यस्तो कदमले हाम्रो महान् देशलाई थप विभाजित गर्न मात्र सघाउने ह्वाइट हाउसको भनाइ छ।यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्। त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो सदनमा ल्याएर पारित हुनुपर्नेछ। त्यसपछि प्रक्रिया माथिल्लो सदनमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ।

ट्रम्पकै दलका नेताद्वारा पदत्यागको आग्रह

यदि उनलाई दोषी ठहर्रयाइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सेनटले पनि मतदान गर्नसक्छ। तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताए।

डेमोक्र्याट र बढ्दो सङ्ख्यामा देखिएका रिपब्लिकनहरूले ट्रम्पमाथि पाँच जनाको ज्यान गएको गत बुधवार संसद्मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्। तर कुनै पनि रिपब्लिकन सांसदले ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा मतदान गर्ने बताएका छैनन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.