दैलेखमा लागूऔषधसहित युवा-युवती पक्राउ

दैलेखमा लागूऔषधसहित युवा-युवती पक्राउ

दैलेख: दैलेखमा लागुऔषध सहित दुई जना युवायुवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० बाँकेको कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बैजनाथ गाउँपालिका–१ बाँकेको गाभरका २१ वर्षीय विशाल रोकाय रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर पनि बरामद गरिएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । शनिबार साँझ दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङ्गेश्वर प्रहरी चौकी (कर्णाली राजमार्ग) चेक पोष्ट नजिकै सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई खानतलासी गर्दा लागू औषध ब्राउन सुगर फेला परेको थियो ।

खानतलासी गर्दा सिर्जना गुरुङको खुट्टाको मोजाबाट लुकाराखेको ४० पुडिया बनाइ धागोले बेरेर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ र विशाल रोकायको साथबाट नगद ३४ हजार फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका आरोपितहरुलाई दैलेख जिल्ला अदालतबाट लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमती लिइ थप अनसुन्धान कार्य थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.