२४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण, १० को मृत्यु, ५२७ डिस्चार्ज

२४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण, १० को मृत्यु, ५२७ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९२ महिला र २९६ पुरुषमा संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख  ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८  जनाले कोरोना जितेका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्। 

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ । सोमबार मात्रै थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ ।  यस्तै २३७  जना क्वारेन्टिनमा छन् भने ४ हजार ३७३ जना आइसोलेसनमा छन्।

नेपालमा अहिलेसम्म १ लाख ८७ हजार ५५५ जनाको पीसीआर परीक्षण भएको छ । सोमबार मात्र ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ४८८ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार  कोरोनाका गम्भीर १६३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.