लोपोन्मुख सुरेलले नेपालमै पहिलोपल्ट सुरु गरे होमस्टे

लोपोन्मुख सुरेलले नेपालमै पहिलोपल्ट सुरु गरे होमस्टे

दोलखा : अतिसिमान्तकृत समुदायको सूचीमा सुचीकृत उत्तरी दोलखाको सुरीमा रहेका लोपोन्मुख सुरेल समुदायले नेपालमै पहिलोपटक होमस्टे सञ्चालनमा ल्याएका छन्। गौरीशंकर गाउँपालिका–५, सुरीमा रहेका अतिसिमान्तकृत एवम् लोपोन्मुख सुरेल समुदायका ५ घरले आइतबारबाट होमस्टे सञ्चालमा ल्याएका हुन्। अतिसिमान्तकृत एवम् लोपोन्मुख समुदाय सुरेलले होमस्टे सुरु गरेको यो पहिलो हो।

सुरेल जातिको पहिचान, मौलिक रहनसहन र संस्कृतिको प्रचारप्रसार गर्नको लागि होमस्टे सञ्चालनमा ल्याइएको सुरेल जाति होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष गोमा सुरेलले बताइन्। ७२ घरधुरी रहेका सुरेल समुदायमध्ये हाललाई ५ घरधुरीले होमस्टे सुरु गरेको अध्यक्ष सुरेलले बताइन्। सुरेल होमस्टेमा सुरेल जातिका मौलिक खानाका साथ संस्कृतिहरु प्रस्तुत गरिने अध्यक्ष सुरेलको भनाई छ।

वडा नं. ५ को मुलाबारीमा करिब दुईसय १७ जनसंख्या रहेको सुरेल होमस्टेमा पुग्न सदरमुकाम चरिकोटबाट करिब ४० किलोमिटरको यात्रा गर्नुपर्छ। सुरेल होमस्टेमा पर्यटकहरुले नौलो अनुभव गर्न पाउनुको साथै छुट्टै संस्कृतिसँग साक्षात्कार गर्न सक्ने सुरेल जातिका अनुसन्धानकर्ता स्थानीय मधुसुदन आचार्यले बताए।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले पर्यटनको विकास तथा लोपोन्मुख सुरेल समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्धेश्यका साथ आवश्यक सामग्री प्रदान गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए। होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम सामग्रीहरु उपलब्ध गराइएको उनले बताए। सुरेल जातिका २ सय ५ जनाले सरकारले उपलब्ध गराउने लोपोन्मुख भत्ता लिने गरेका छन् भने २ जनामात्र सरकारी सेवामा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.