संघीय संसदकै झल्को दिनेगरी सन्धिखर्क नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

संघीय संसदकै झल्को दिनेगरी सन्धिखर्क नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले संघीय संसद भवनको झल्को दिनेगरी हिउँदे अधिवेशन सम्पन्न भएको छ। नगरपालिकाको हिउँदे अधिवेशन तथा आठौं नगरसभा अधिवेशन सम्पन्न भएको हो ।  

संघीय संसदमा हिउँदे अधिवेशन गर्ने समयमा संसद विघटन भएपनि संघीय संसदकै झल्को दिनेगरी सन्धिखर्क नगरपालिकाको हिउँदे अधिबेशन सम्पन्न भएको हो । सभाहलमा नगर सभाका सदस्यहरु बसिरहेका थिए । त्यसैबेला नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल ढोकाबाट भित्र छिर्दै थिए । ढोकाबाट भित्र छिर्दै गर्दा सबै नगर सभाका सदस्यहरु जुरुक्क उठे । एक छिनमा राष्ट्रियगान बज्न सुरु भयो । सबै नगरसभाका सदस्यहरु जुरुक्क उठेर राष्ट्रगान गाए । 

राष्ट्रगान सकिएपछि नगर सभा सुरु भएको भनेर नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी गराए । उनले विभिन्न अनुसुची, प्रतिवेदन, कार्यविधि र प्रतिवेदनहरु नगर उपप्रमुख ठाकुर कुमार विक र  नगर प्रवक्ता लिलाराम गौतमलाई  विभिन्न विधेयक र प्रतिवेदन प्रस्तुत गर्न लगाएका थिए । 

आर्थिक ऐन २०७७ का अनुसचीका दररेट संशोधनमाथि छलफल , आर्थिक वर्ष २०७७।७८ को योजना तथा बजेट रकमान्तर , संशोधन तथा कर्मचारी सेवा सुविधा सम्बन्धी प्रतिवेदन, बेरुजु सम्बन्धी विवरण नगर उपप्रमुख ठाकुर कुमार बिकले प्रस्तुत गरेका थिए । नगर प्रवक्ता लिलाराम गौतमले कार्यपालिका निर्णयहरुको सारसंक्षेप प्रस्तुत गरेका थिए । 

प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाब राख्न नगरसभाका सदस्यलाई ३ मिनेटको समय उपलबध गराएर सबैको सर्बसहमतिमा विधेयक तथा संसोधनहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो । 

हेर्दा लाग्थ्यो केन्द्रीय सांसद भवनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम हो । सनिधखर्क नगरपालिकाले  सिंहदरवारको केन्द्रीय सांसद भवनको झल्को दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिउँदे अधिवेशन सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । 

हिउँदे अधिवेशनको शून्य समयमा बोल्दै नगर सभाका सदस्यहरुले कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा कार्यक्रमहरु बनाउनुपर्ने, गरिब र विपन्नमुखी कार्यक्रममहरु सञ्चालन गर्नुपर्ने, सामुदायिक  विद्यालयको गुणस्तर वृद्धि गर्न नयाँ कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, भौतिक विकासका काम मात्र नभइ सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेलगायतका विषयमा नगर सभाको ध्यानाकर्षण गराएका थिए । 

शून्य समयमा नगर सभाका सदस्यहरु लक्ष्मण पराजुली, सुष्मा श्रेष्ठ, विष्णुप्रसाद आचार्य, दधिराम सोमै, देवी थापा, नरेन्द्र आचार्य, विष्णु प्रसाद भुसाल, सुमित्रा विक, सुमित्रा मुखीया, मिना सावत, उमेश अधिकारी, नारायण अर्याललगायतले आ-आफ्नो विचार राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.