माधव नेपाल होइन, जबज परित्याग गर्ने केपी ओली नै हुन् : प्रचण्ड

माधव नेपाल होइन, जबज परित्याग गर्ने केपी ओली नै हुन् : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरेको आरोप लगाएका छन् । 

मंगलबार राजधानीमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

‘कदमकदमलाई मैले हेरेको छु । जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने माधव नेपाल होइनन्, केपी अ‍ोली नै हुन् ।’ 

पार्टी एकताका क्रममा मदन भण्डारी र जबजसँगै माओवादी आन्दोलनको कार्यदिशालाई बिर्सनु नहुने कुरामा जोड दिँदा दिँदै ओलीले राजनीतिक बेइमानी गरेको आरोप प्रचण्डले लगाए । 

‘पार्टी एकताको अन्तिम बैठकमा जबज र माओवादी आन्दोलनबारे छलफल भयो । हामी पूर्वएमालेको सिद्धान्त र नीतिलाई निषेध गर्ने पक्षमा थिएनौँ । पूर्वमाओवादीको नीतिलाई निषेध गर्ने कुरै भएन । दुवै आन्दोलनको मूल्यांकन हुनुपर्छ र साझा कार्यदिशा बनाउनुपर्छ भन्नेभयो’, प्रचण्डले भने, ‘कुरा नमिलेपछि फेरि ओली र म बसेर छलफल गर्दा मदन भण्डारी र जबजलाई छोडेर समाजवाद उन्मुख जनताको जनवादमा सहमति भयो । तर, यो इमान्दार ढंगले भएको होइन रहेछ । राजनीतिक बेइमानी यो भन्दा ठूलो अर्को देखेको छैन । प्रधानमन्त्री बन्नका लागि मात्र राजनीतिक सौदाबाजी गर्नु भएको रहेछ ।’

प्रचण्डले पार्टी विवादका नाममा संसद भंग गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि आक्रमण गरेको बताए । उनले पार्टीभित्र विवाद हुने र विवाद नभए पार्टी नै नरहने बताए। 

‘पार्टी विवादका नाममा संसद भंग गर्ने संविधानमाथि आक्रमण गर्ने काम गर्नुभयो’, प्रचण्डले भने, ‘विवाद नभए पार्टी नै हुँदैन । पार्टीमा विवाद हुनु सामान्य कुरा हो । विवाद हुन छोड्यो भने पार्टी हुँदैन ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.