अदालतमा प्रधानमन्त्री ओलीले 'सेटिङ' मिलाएको नारायणकाजी श्रेष्ठको आरोप

अदालतमा प्रधानमन्त्री ओलीले 'सेटिङ' मिलाएको नारायणकाजी श्रेष्ठको आरोप

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ‌ओलीले 'सेटिङ' मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्। संसद विघटनविरुद्ध करिब एक दर्जन बढी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन छन्।

केपी ओली गुटका मानिसहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम त चालेकै हुन् तर सेटिङ मिलाएर आफ्नै पक्षमा फैसला गर्न बाटो बनाएको बताउने गरेको उनको बताए। 'केपी ओलीका गुटका मानिस भनिरहेका छन्, यो असंवैधानिक त हो। विधान विपरित त छ। तर, केपी बाले सेटिङ मिलाउनु भएको छ। सबै हाम्रो पक्षमा फैसला हुन्छ। निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ।'
 

पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले अरुले जे भनेपनि आफू भने अदालतप्रति पूर्ण विश्वस्त रहेको स्पस्ट पारे। अदातलतले संविधानमै भएको व्यवस्था प्रयोग गरेर फैसला गर्ने भएकाले प्रतिनिधिसभा पुन:स्थापित हुनेमा आफू विश्वस्त भएको उनले जिकिर गरे।
 
'सर्वोच्चले संविधानसम्मत फैसला गर्छ। संविधानमा भएको व्यवस्थाअनुसार नै निर्णय गर्ने हो। यसको विकल्प छैन। अदालतले स्वतन्त्ररुपमा फैसला गर्छ, उनले भने,' तर पनि 'सेटिङ'का बारेमा हामी सचेत हुनैपर्छ।'

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानममन्त्री ओलीले संसद विघटन गरेर संविधानमाथि आक्रमण गरेको आरोप लगाए। २०७७ पुस ५ गते नेपालको राजनीतिक आन्दोलनको इतिहासमा कालो दिन सुरु भएको भन्दै प्रतिनिधिसभा पुन:स्थापना नभएसम्म संघर्ष जारी राख्ने उनले बताए।

पार्टीभित्र विवादले चर्को रुप लिएपछि आफू कतै प्रधानमन्त्री पदबाट बर्खास्त पो होइन्छ कि भनेर प्रधानमन्त्री ओलीले संविधानमाथि हमाल गरेको उनको आरोप छ। 'पार्टीमा विवाद आएपछि मलाई प्रधानमन्त्रीबाट विदा दिन्छन् कि भने डर लाग्यो। अनि संविधानमाथि आक्रमण गरे,' उनले प्रश्न गर्दै भने,' पार्टी ध्वस्त गर्न पाइन्छ?
एकजना व्यक्तिको प्रधानमन्त्री बन्ने इच्छा पूरा गर्न पार्टीको विधान र संविधान बनाएको हो?

आफ्नो स्वार्थपूर्तिका लागि पार्टी एकता ध्वस्त बनाउने, लोकतन्त्र ध्वस्त पार्ने, पार्टी विधान र संविधान च्यातिदिने यो जवाफ ओली र उनका समर्थकहरुले दिनुपर्ने भन्दै नेता श्रेष्ठले आक्रोश व्यक्त गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.