२४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण, ३९० डिस्चार्ज, ५ को मृत्यु

२४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण, ३९० डिस्चार्ज, ५ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  संक्रमित हुनेमा १७७ महिला र २५३ पुरुषमा संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । जसमध्ये २ लाख ५९ हजार ३५८ जनाले कोरोना जितेका छन् । मंगलबार थप ३९० जना डिस्चार्ज भएका छन्। 

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३२ पुगेको छ । मंगलबार मात्रै थप ५ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ। यस्तै २३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३९० जना आइसोलेसनमा छन्।

नेपालमा अहिलेसम्म १९ लाख ९२ हजार ८५५ जनाको पीसीआर परीक्षण भएको छ । मंगलबार ५ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा ४३० जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार १५७ कोरोनाका गम्भीर जनाको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.