उपत्यकामा थपिए २५९ जना कोरोना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५५ महिला र १४४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ४३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा १७७ महिला र २५३ पुरुषमा संक्रमण देखिएको हो।
यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । जसमध्ये २ लाख ५९ हजार ३५८ जनाले कोरोना जितेका छन् । मंगलबार थप ३९० जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३२ पुगेको छ । मंगलबार मात्रै थप ५ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ। यस्तै २३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३९० जना आइसोलेसनमा छन्।
नेपालमा अहिलेसम्म १९ लाख ९२ हजार ८५५ जनाको पीसीआर परीक्षण भएको छ । मंगलबार ५ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा ४३० जनामा संक्रमण देखिएको हो।