अदालतको निर्णय स्वीकार्य हुन्छ : देउवा
![अदालतको निर्णय स्वीकार्य हुन्छ : देउवा](https://annapurnapost.prixacdn.net/media/albums/Deuba1_20210112114856_thZPSL6lx4.jpg)
सिन्धुपाल्चोक : नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले मगलबार कोमलमाया खड्ग बस्नेत स्मृति फुटबल प्रतियोगिताका समापन कार्यक्रमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले संसद विगठन असंवैधानिक कदम भए पनि अदालतमा विचारधीन विषयमा बोल्नु उपयुक्त नहुने बताए ।
‘अदालतमा विचारधीन मुद्दामा जुलुश निकालेर यसो गर, उसो गर भन्न मिल्दैन’, देउवाले भने, ‘अदालतले संसद पुनस्र्थापना गर्यो भने कांग्रेसले सक्रियता साथ भाग लिन्छ, चुनावको निर्णय गरे चुनावमना भाग लिन्छ ।’ अदालतको निर्णय प्रकृयामा राजनीतिक हस्तक्षप गर्न नहुने धारणा राख्दै देउवाले गाउँमा भएका कार्यक्रम चुनावको लागि पनि काम लाग्ने बताए ।
२२ गतेबाट सञ्चालित फुटबल प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई १–० गोल अन्तरले हराउँदै सुनकोशी गाउँपालिकाले उपाधि जितेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)