अमेरिकी राष्ट्रपति ट्रम्पको युट्युब च्यानल पनि प्रतिबन्धित

अमेरिकी राष्ट्रपति ट्रम्पको युट्युब च्यानल पनि प्रतिबन्धित

वासिङटन : ट्वीटरले स्थायी रुपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट प्रतिबन्ध गरेको केही दिनमै युट्युब च्यानल पनि प्रतिबन्धमा परेको छ। मंगलबार युट्युबले राष्ट्रपति ट्रम्पको युट्युब च्यानलबाट हिंसा भड्किने सामग्री प्रस्तुत भएको भन्दै प्रतिबन्ध लगाएको हो।

राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेपछि सर्वत्र आलोचना भइरहेको छ। सोही विषयलाई लिएर युट्युबले पनि उनको च्यानलमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

ट्रम्पको च्यानललाई एक साताका लागि प्रतिबन्ध लगाइएको युट्युबले एक भनाई जारी गर्दै बताएको छ। उनको च्यानलबाट एक सातासम्म नयाँ भिडियो अपलोड गर्न र प्रत्यक्ष प्रसारण गर्न नपाउने युट्युबले जनाएको छ। प्रतिबन्धको अवधि लम्बिन सक्ने युट्युबले जनाएको छ।

एकपछि अर्को सामाजिक सञ्जाल कम्पनीहरूले राष्ट्रपति ट्रम्पको कदमविरुद्ध कडा नीति अवलम्बन गर्न थालेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.