चिनियाँ कोरोनाविरुद्धको खोप ५० प्रतिशत मात्रै प्रभावकारी

चिनियाँ कोरोनाविरुद्धको खोप ५० प्रतिशत मात्रै प्रभावकारी

चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ब्राजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्।

नयाँ तथ्यांकले यसअघिको तथ्यांकभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ । खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ ।

ब्राजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो ।

बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो । यसले मृतप्रायः कोरोना भाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ। यो खोप किन्न इन्डोनेसिया, टर्की र सिङ्गापुर तयार रहेका छन् ।
गत साता ब्रजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड-१९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । तर मङ्गलवार उनीहरूले सो तथ्यांकमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका संक्रमण भएका व्यक्तिहरूको तथ्यांक समावेश नगरिएको बताएका छन्।

त्यो तथ्यांक पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो । बुटानटान इन्स्टिच्युटले भने सो खोप उपचार आवश्यक पर्ने मध्यम संक्रमणमा ७८ प्रतिशत र गम्भीर संक्रमणमा शतप्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

सिनोभ्याकको परीक्षणमा फरक देशमा फरक नतिजा देखिएको छ । गत महिना टर्कीका अध्ययनकर्ताहरूले यो ९१.२५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए भने इन्डोनेसियामा यो ६५.३ प्रतिशत प्रभावकारी पाइएको बताइएको थियो । यी दुवै अन्तिम अवस्थाका परीक्षणका अन्तरिम नतिजा हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.