मनाङमा डेढ महिनादेखि निरन्तर आगलागी, निभाउन हेलिकोप्टर प्रयोग गर्नुपर्ने स्थानीय माग

मनाङमा डेढ महिनादेखि निरन्तर आगलागी, निभाउन हेलिकोप्टर प्रयोग गर्नुपर्ने स्थानीय माग

काठमाडौं /मनाङ : हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ। हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ। 

डेढ महिनादेखि निरन्तर आगलागी हुँदा पनि यसलाई निभाउन तथा नियन्‍त्रण गर्नेतर्फ प्रभावकारी पहल हुन सकेको छैन। हालसम्म कुनै मानवीय क्षति नभए पनि जडीबुटी र वन्यजन्तुमा कति असर पर्‍यो भन्ने एकिन हुन सकेको छैन। मानव वस्तीसम्म आएमा यसले ठूलो दुर्घटना निम्त्याउने खतरा छ।

आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ। स्थानीय प्रशासनले केन्द्रसँग समन्वय गरेर आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल डढेलोले सखाप बनाएको छ। यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप को संरक्षणमा रहेको छ। 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताउँछन्। 'हाम्रो प्रयत्न छ। हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ। स्थानीय प्रशासन, सुरक्षा संयन्‍त्र, स्थानीय र सरोकारवाला समुदायको संयुक्त प्रयासमा जोखिम न्यूनीकरण गर्ने काम भइरहेको छ। मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ', उनले भने, 'अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ।'

मानवीय क्षति नभए पनि बहुमूल्य  जडीबुटी र दुर्लभ वन्यजन्तु लोप हुने खतरा भएकोले यसलाई तत्काल निभाउनुपर्ने माग आसपासका बासिन्दाले गर्दै आएका छन्। उनीहरूले केन्द्रसँग समन्वय गरेर हेलिकोप्टर प्रयोग गरेर भए पनि डढेलो तत्काल निभाउनुपर्ने बताएका छन्। 

यसअघि पाथिभारा क्षेत्रमा लागेको डेढेलो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो।

स्थानीय  याद घलेले हिमाली क्षेत्रको जङ्गलमा लामो समयदेखि लागेको आगोबाट महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताए। 'प्रशासन र जनप्रतिनिधि पनि  मुकदर्शक बनेको उनको आरोप छ। आगलागी भएको क्षेत्र जङ्गलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र  पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ।

आगलागी फैलँदै जाँदा नजिकैको ताचै गाउँ जोखिममा पर्ने खतरा छ। ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ। स्थानीयले पटकपटक हारगुहार गरेपछि सोमबार मात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधिसहितको टोली आगलागी भएको क्षेत्रमा पुगेको थियो। 

स्रोतसाधन अभाव र भौगोलिक विकटताले आगो नियन्त्रणमा चुनौती थपिएको छ। यतिबेला स्थानीयवासी र सुरक्षाकर्मीले स्याउलाको प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। जुन संभव नरहेको स्थानीय नै बताउँछन्। 

किन हुन्छ आगलागी ?

आगलागीका कारण महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने अवस्था आउँदा जैविक विविधतालाई समेत असर पर्ने देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का जिल्ला प्रमुख लेखनाथ गौतमले आगलागीबाट जैविक विविधतामा गम्भीर असर पुर्‍याउने बताए। हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन्। यसले जैविक विविधतालाई असर पार्छ उनको भनाइ छ। हिमाली जङ्गलमा आगलागी हुनुमा जङ्गली जनावरको चोरीशिकारी, गुच्चीच्याउर नयाँ घाँसका लागि आगलागी हुने गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.