भक्तपुर घरेलु संघको अध्यक्षमा प्रेमकृष्ण

भक्तपुर घरेलु संघको अध्यक्षमा प्रेमकृष्ण

भक्तपुर : भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्ष प्रेमकृष्ण खर्बुजा निर्विरोध निर्वाचित भएका छन्। संघको १५ औं जिल्ला अधिवेशनले खर्बुजाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

जसअनुसार उपाध्यक्षमा राजकुमार प्रजापति र पदेन उपाध्यक्षहरुमा लक्ष्मीप्रसाद कवां, कृष्णसुन्दर श्रेष्ठ, चित्रा किसी र कृष्णहरि खत्री रहेका छन्।

त्यस्तै सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहसचिवमा सृजना प्रजापति र कोषाध्यक्षमा हरिगोपाल त्वायना निर्वाचित भए। कार्यसमिति सदस्यहरुमा कृष्णराम ग्वाछा, कृष्णमान प्रजापति, रविन माक, मञ्जु दुवाल, सोमलता वैद्य, नवराज तिमिल्सिना र तुलसीदेवी लाखा रहेका छन्।

संघको विधानअनुसार निवर्तमान अध्यक्ष पनि कार्यसमिति सदस्य रहने व्यवस्था छ। अधिवेशन सम्पन्न गरेका अध्यक्ष वीरेन्द्र जती निवर्तमान भएका छन्।

यसैगरी संघअन्तर्गतको महिला उद्यमी समितिको सभापतिमा देवका श्रेष्ठ चुनिएकी छिन्। समितिको १४ औं जिल्ला अधिवेशनले उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चुनिएको हो।

जसअनुसार समितिको उपसभापतिमा कमलश्वरी खर्बुजा, सचिवमा सुचिता सैंजू र कोषाध्यक्षमा रुपा श्रेष्ठ रहेका छन्। त्यस्तै कार्यसमिति सदस्यहरुमा कृष्णा प्रजापति, दयालक्ष्मी प्रजापति, रमिला प्रजापति, तारादेवी धन्छा, सुमित्रा श्रेष्ठ, प्रतिमा अणु, सृजना प्रजापति र लक्ष्मी महर्जन रहेका छन्।

भक्तपुरका ६ सयभन्दा बढी घरेलु तथा साना उद्योगी व्यवसायीहरु संघमा आवद्ध रहेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध संघले चालू आर्थिक वर्षभित्रै भक्तपुरका चारवटै नपामा नगर समिति बनाउने उद्देश्य राखेको नवनिर्वाचित अध्यक्ष खर्बुजाले जानकारी दिए।

उक्त उद्देश्यअनुसार नवनिर्वाचित पदाधिकारीहरुमध्ये चार जनालाई चारवटा नपामा नगर समिति गठन गर्ने जिम्मेवारीसमेत दिइएको उनले बताए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.