पितृमुक्तिको कामना गर्दै उत्तरगयामा हजारौंद्वारा पिण्डदान
नुवाकोट : पौष कृष्ण अर्थात् गया औंशीको अवसरमा आफ्ना दिवंगत पितृहरुको मुक्तिको कामना गर्दै नुवाकोट र रसुवाको सीमाना उत्तरगयामा पिण्डदान गर्नेहरुको भीड लागेको छ। चार गायामध्येको उत्तरी महत्वको उत्तरगया प्रत्येक वर्षको पौष कृष्ण औंशीका दिन आकर्षक मेलामय बन्दै गइरहेको छ।
धार्मिक तथा ऐतिहासिक महत्वको उत्तरगयामा यस वर्ष दुई दिनसम्म झत्तजनहरुद्वारा पिण्डदान गरिएको छ। बुधबार सकिएको मेलामा पिण्डदान कार्यमा १५ हजार भन्दा बढीको सहभागिता रहेको थियो।
उत्तरगयामा नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट आएका सवै जात तथा समुदायका सर्वसाधारण पुगेर पिण्डदान गर्ने गरेका हुन्। गयाऔसीको उपलक्ष्यमा दुई दिनसम्म १५ हजारभन्दा बढी मानिसले त्रिशूली, फलाँखु र वेत्रगंगा नदीको त्रिवेणीमा पिण्डदान गरेको उत्तरगयास्थित गोसाइकुण्ड युवा क्लवका अध्यक्ष ज्ञानकुमार डंगोलले जानकारी दिए। उनका अनुसार तीर्थालुहरुको सुविधाका लागि नदीमा दुर्घटना हुंदा नदिन चार जना लाइफ गार्डका साथै स्वंसेवक र स्वास्थ्य शिविरसमेत सन्चालन गरिएको थियो । यस वर्ष उत्तरगयाधाममा गत वर्षको तुलनामा पिण्डदान गर्नेहरुको संख्या घटेको छ।
यस वर्ष महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण कम तीर्थालुले श्राद्ध गरेको क्लबका अध्यक्ष डंगोलको भनाई छ। स्थानीयवासीले नुवाकोट र रसुवाको सीमाना तथा धार्मिक र ऐतिहासिक क्षेत्र उत्तरगयाधामको विकासका लागि गुरुयोजना बनाउनु पर्ने बताए।
चारधाम जानुपूर्व उत्तरगया जानैपर्ने र त्यहाँ पितृहरुको सम्झनास्वरुप श्राद्ध गरिए पितृ तर्पण हुने जनविस्वासका कारण प्रायः सबैले उत्तरगया पुगेर श्राद्ध गर्ने गरेका छन्। चार धामभन्दा उत्तरगयाको निकै महत्व रहेको कारण सर्वसाधारणले वेत्रावतिमा आएर स्नान गरी पिण्डदान गरेका हुन्।
नुवाकोट र रसुवाको सिमानामा रहेको उत्तरगयाको छुट्टै रहेको कारण वर्षेनी स्वदेश तथा विदेशबाट पिण्डदान गर्नेहरुको संख्या बढेको २०५२ सालदेखि उत्तरगयाधाममा पुगेर नियमित रुपमा श्राद्ध गर्ने कार्यमा संलग्न पुरोहित अच्युप्रसाद पाण्डेले बताए । उनले अन्य गयाभन्दा उत्तरगयाको महत्व निकै ठुलो रहेका कारण यहाँ आएर श्राद्ध नगरी पिण्डदान गरेको अर्थ नहुने दाबी गरे।
उत्तरगायामा नुवाकोट, रसुवाका साथै अन्य जिल्लाहरुबाट गाडी नै रिजर्भ गरेर भक्तजनहरु आएका थिए । पुसको कठ्याग्रिंदो चिसोमा समेत तीर्थालुहरु उत्तरगयामा रहेको त्रिशूली नदीमा स्नान गरि पिण्डदान गरेका हुन्। श्राद्ध गर्न उत्तरगयामा रहेको त्रिशूली, फलाखु र रुद्रगंगा नदीको संगम त्रिवेणीमा एकैपटक व्राम्हण, क्षेत्र, आदिवासी, जनजाती, दलित समुदायले त्रिशूलीमा स्नान गरी आफ्ना दिवंगत पितृहरुको मोक्षको कामना गर्दै लहरै पिण्डदान गरेका हुन्।
पुरोहितहरुको तुलनामा श्राद्ध गर्नेहरु अत्याधिक रहेका कारण श्रद्धालुहरुले सामूहिक रुपमा एकै पटक तीन वा चार समूह बनाएर श्राद्ध गरेका थिए। सगोत्रीहरुले एकैस्थानमा लहरै त्रिशूली नदी किनारामा बसेर सामूहिक रुपमा दिवंगत पित्रृहरुको सम्झनामा पिण्डदान गरेका थिए। उत्तरगयास्थित त्रिवेणीमा पौषकृष्ण आमावस्या तथा गयाऔसीको उपलक्ष्यमा आफ्ना मरेका पितृहरुको नाममा पिण्डदान गरिनुका साथै हजारौले स्नानसमेत गर्नु निकै महत्वपुर्ण रहेको ३० वर्षदेखि लगातार उत्तरगया गएर श्राद्द गराइरहेका विदुर नपा–१२ चारघरेका पुरोहित विश्वराज रिजालले बताए। उनले उत्तरगया पुगेर आफ्ना पितृको २५ पटक र अरुको ३० पटक श्राद्ध गराइसकेको धारणा राखे।
उत्तरगया धार्मिक तथा ऐतिहासिक रुपमा निकै महत्वपुर्ण रहेको कारण यसले देशका साथै भारत र विश्वमासमेत चिनाइरहेको र चार गयामध्ये निकै महत्वको उत्तरगयामा पुगेर श्राद्ध गरेको नुवाकोटकै वेलकामेटगढी १२ वासुकीका पुरोहित कोमलप्रसाद सिलवालले बताए। उनले हिन्दु धर्ममा उत्तरगयाको महत्व वर्णन गरेर साध्य नरहेको र अन्य गयाको उत्तरगयासंग तुलानासमेत नहुने धारणा राखे।
नेपाल र तिव्वतवीच १८४९ सालमा भएको युद्दपछि युद्ध विराम गरी यहि उत्तरगयामै वेत्रावति सन्धि गरिएका कारण सो स्थान निकै चर्चित रहेको छ। यसको विकास, प्रवद्र्धन तथा धार्मिक पर्यटनलाई वृद्धि गर्न विदुर नपाले तीनै तहसँग परामर्श गरेर विशेष योजना वनाइरहेको विदुर नपाका मेयर सन्जु पण्डितले जानकारी दिए।
उत्तरगयालाई धार्मिक सद्भावको स्थलसमेत भनिन्छ। उत्तरगयाको महत्व जति रहेको छ, त्यसको उचित प्रचारप्रसार हुन नसकेको विदुर–१० वडाध्यक्ष गणेशकुमार नेपालले बताए।
आफ्ना पितृहरुको जन्मेपछि मात्र न्वारन गरिने विश्वासले उत्तरगयामा पुगेर श्राद्ध नगरी अन्यत्र गएर श्राद्ध गर्नुको कुनै औचित्य नहुने भएकाले आफू परिवारसहित उत्तरगयामै पुगेर श्राद्र्द गरेको थानसिङका केदार धमलाले बताए। उत्तरगयामा श्राद्ध गर्न तथा स्नान गर्नका लागि सबै समुदायका सर्वसाधारण पुगेर दिवंगत आफ्ना पितृका नाममा पिण्डदान गरेर धार्मिक सहिष्णुताको उदाहरण दिएका छन्।
उत्तरगणमा श्राद्ध गर्न यस वर्ष १५ हजार पुगेका थिए भने पाँचसय जना पण्डित पुरोहित संलग्न थिए। चारधाम जानु अघि सबैले उत्तरगयामा पुगेर पिण्डदान गरेमात्र मोक्ष हुने कारण सर्वसाधारण बस रिजर्भ गरेर उत्तरगया पुगेर श्राद्ध गर्ने गरेका छन्। उत्तरगयालाई अन्तर्राष्ट्रिय धाम बनाइनु पर्ने रसुवाको उत्तरगया गापाका अध्यक्ष उपेन्द्र लम्सालले बताए। उत्तरगयाको त्रिवेणी नुवाकोटको गेर्खु, तुप्चे तथा रसुवाको उत्तरगायाको संगमस्थल हो।
तीर्थालुहरुको सुविधाको लागी खानेपानी, शौचालयका व्यवस्था गरिएको थियो। तीर्थालुले नदीमा बग्न सक्ने भएका कारण सुरक्षाको लागी त्रिशूली नदीमा सुरक्षाकर्मी पनि खटाइएको थियो। श्रद्धालुहरुको सुविधाको लागि स्वयंसेवक र उद्धार टोलीसमेत खटाएको थियो। उत्तरगया काठमाडौको बालाजु हुदै ककनी–विदुर हुँदै तथा पृथ्वी राजमार्गको गल्छीबाट देवीघाट–वट्टार हुदै मोटरमार्फत पुग्न सकिन्छ।
काठमाडौंबाट ८० र पृथ्वी राजमार्गको गल्छीवाट ३६ किलोमिटर दुरीमा उत्तरगया धाम रहेको छ। नौ वर्षअघि पितृलाई पिण्डदान गर्ने क्रममा नुवाकोटको ककनीकी एक युवतीलाई उत्तरगयास्थित त्रिशूली नदीले बगाएर मृत्युपछि थप सजकता अपनाइएको छ। नदीमा सुरक्षाको लागी नदीमा तोकिएको स्थानभन्दा माथि गएर स्नान गर्न बन्देज गरिएको छ। गोसाइकुण्डबाट उत्पत्ति भएको त्रिशूली नदी तप्त गंगामा मिसिएको र रुद्रगंगा पनि तप्त र त्रिशूली नदीमा मिसिएर त्रिवेणी भएर प्रवाहित भएको क्षेत्र नै उत्तरगया क्षेत्र हो।
तिर्थालुहरुको सुविधाको लागि श्राद्ध गर्ने श्रद्धालु धेरै र श्राद्ध गरिदिने पण्डित थोरै भएकाले गोत्र मिल्ने सगोत्रीहरुले सामूहिकरुपमा श्राद्ध गरेका थिए। पितृमोक्षको लागि यस वर्ष उत्तरगयामा विभिन्न जिल्लाबाट आएका १५ हजारभन्दा बढी मानिसले श्राद्ध गरी पिण्डदान गरेको उत्तरगया क्षेत्र विकास कोषले जनाएको छ। बिहानैदेखि बेलुकीसम्म नै निरन्तर उत्तरगयाको त्रिवेणीमा श्राद्ध गर्नेहरुको लहरै भीड नै लागेको थियो। उत्तरगयामा पुगेर श्राद्ध गर्दा पितृ खुसी भएर सन्ततीहरुलाई आर्शिवाद दिने विश्वासका कारण नुवाकोट, रसुवा, धादिङका साथै चितवन, हेटौंडा, काठमाडौं, बारा, सिन्धुपाल्चोक, काभ्रे, गोरखालगायतका जिल्लाबाट गाडी रिर्जभ गरेर श्रद्धालुहरु उत्तरगया पुगेका थिए।
उत्तरगयामा श्राद्ध गर्नको लागि त्रिशूली नदीको किनारामा लहरै मानिसको राताम्मे जमघट लागेको थियो। उत्तरगयालाई विश्व सम्पदा सुचीमा राखिनुपर्ने नुवाकोट र रसुवाबासीको माग रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष इश्वरलाल डंगोलले बताए।
चार वटा गयामध्ये उत्तरगया विशेष र छुट्टै प्रमुख गया भएको हुँदा चारधाम जान नसक्नेहरु यही आएर पिण्डदान गर्ने गरेका छन्। उत्तरगयाको महिमा र महत्व थाहा पाएकाहरु चार धाम जानु पहिले उत्तरगयामा पुगेर स्नान गरेर पिण्डदान गर्ने गरेका छन्।
आफ्ना पितृको नाममा उत्तरगयामा पिण्डदान गरे पितृ उद्धार हुने र हिन्दुकाण्ड पूरा हुने विश्वासमा पिण्डदान गरिएको विदुर नपा–६ का वृद्ध होमप्रसाद सापकोटाले वताए। नुवाकोटको तादीस्थित सातविसेका पुरोहित विदुर भण्डारीले आफ्ना जजमानहरुको सम्मान र पितृको तर्पणका लागि श्राद्ध गराउन उत्तरगया आएको बताउछन्।
उत्तरगयामा विजुलीवत्ती, पानीको सुविधा पुगे पनि तीर्थालुहरु सवैलाई पुग्ने गरि बासस्थल निर्माण गर्न बाँकी रहेको छ। देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माहरुको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो।
उत्तरगयामा गरिने विशेष श्राद्धको महत्व अहिले आएर मात्र होइन हजारौं वर्ष पहिले ऋषि महर्षिको पालादेखि नै पौसे औसीमा श्राद्ध गर्ने परम्परा चलेको स्थानीयको भनाई छ। पौष कृष्ण औसीका दिन वेत्रावतिमा आमाबाबु नभएकाहरुले यहाँ सके वर्सेनी र नसके जीवनमा एकपटक भएपनि श्राद्ध गर्ने चलन रहेको कारण पितृ मोक्षको कामनासहित आफू १५ वर्षदेखि उत्तरगयामा पुगेर श्राद्ध गराउँदै आएको वेलकोटगढी १० का पुरोहित राजेन्द्र कडुवालले बताए ।
बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन रहेको छ। चार गयामध्ये तीन वटा गया भारतमा पर्दछ। भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने भक्तजनहरुको भनाई छ। उत्तरगमायाको श्राद्धको महत्व अहिले आएर मात्र होइन हजारौं वर्ष पहिले ऋषि महर्षिको पालादेखि नै पौषे औसीमा श्राद्ध गर्ने परम्परा चलेको बितेको ५० वर्षदेखि उत्तरगयामा पुगेर श्राद्द गराइसकेका वृद्ध विष्णुप्रसाद नेपालको भनाई छ।
पौष कृष्ण औंसीका दिन आमाबाबु नभएकाहरुले आफ्ना पितृलाई तार्नकै लागि पनि जीवनमा एकपटक भएपनि उत्तरगया पुगेर श्राद्ध गर्ने पर्ने जनश्रुति रहेको छ। बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन रहेको छ। उत्तरगयाधाममा हजारौं हिन्दू र बौद्ध धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण गर्ने गर्दछन्। हिन्दू धर्मावलम्बीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मावलम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुबाट मन्त्र बढाउने र बत्ती बाल्ने गर्दछन्।
उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंसीका दिन बेत्रावतीमा गएर पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने विश्वासका आफूहरु दिवंगत पितृको नाममा श्राद्ध गर्न आएको २० पटक श्राद्ध गरिसकेका कुमरीका पुष्प सापकोटाले बताए।
यसवर्ष मंगलबार र बुधबार दुई दिन आमावास्या अर्थात् औँसी तिथि परेको कारण नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगयामा तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लागेको थियो। हजारौं भक्तजन सहभागी उत्तरगयामा मेलामा यस वर्ष दुवै दिन पितृ उद्धारका लागि श्राद्ध गरिएको छ।