बेल्जियम नगर सदस्यमा चुनिएका नेपाली क्षेत्री

बेल्जियम नगर सदस्यमा चुनिएका नेपाली क्षेत्री

ब्रसेल्स: यूरोपको राजधानीको रूपमा परिचित बेल्जियमको लुभेन नगरपालिकामा पहिलो पटक नेपाली मूलका कृष्ण सगुन क्षेत्री नगरपालिका सदस्य पदमा चयन भएका छन् ।

बेल्जियममा झन्डै तीन दशक यता नेपालीहरु बसोबास गर्न थालेका हुन् । विगतका वर्षहरुमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहको निर्वाचनमा भाग लिए पनि यसअघि नेपालीहरु विजयी हुन सकेका थिएनन् ।

पर्बत जिल्लाको जलजला गाउँपालिकामा जन्मेका क्षेत्री १० वर्ष नेदरल्यान्डमा थिए भने बसाइसराई अनुरूप सन् २०१४  देखि बेल्जियमको ब्रसेल्ससँगै जोडिएको लुभेन नगरपालिकामा बस्दै आएका छन् ।

प्रमाणपत्र तहसम्मको नेपालमै औपचारिक शिक्षा लिएका क्षेत्री फ्ल्यान्डरेन क्षेत्रमा बोलिने डच भाषामा पोख्त छन् । श्रीमती सगुन केसी, छोरा अभियान र छोरी आर्याना सहित चार जनाको परिवारसँगै बस्दैआएका क्षेत्री लुभेनका रेष्टुरेन्ट व्यवसायी  समेत हुन् ।

गत स्थानीय निर्वाचनमा बेल्जियमको राष्ट्रवादी पार्टीको रूपमा परिचित एनभीआबाट उम्मेदवार रहेका क्षेत्री सो पार्टीको उम्मेदवार सूचीमा सातौँ नम्बरमा थिए । एनभीआले ४७ सदस्यीय नगरपालिका परिषदमा ११ सिट जितेको थियो । पार्टीले ११ सिट जिते पनि उम्मेद्वार सूचिको सातौँ नम्बरमा रहेका क्षेत्री समानुपातिक चयन प्रक्रियामा वैकल्पिक सूचीमा एक नम्बरमा थिए ।

सोसलिस्ट पार्टीहरुको गठबन्धन सरकार रहेको लुभेन नगरपालिकामा एनभीआ प्रमुख प्रतिपक्षीको भूमिकामा छ । उनको पार्टीबाट चुनाव जितेकी तिने एरलिङेनले पद छोडे पछि सातौ नम्बरमा रहेका क्षेत्री बैकल्पिकबाट स्वतस् नगरपालिका सदस्य भएका हुन् । आगामी २५ जनवरीमा शपथग्रहणपछि औपचारिक रुपमा उनले पदभार ग्रहण गर्ने कुरा सो पार्टीले बताएको छ ।

क्याथोलिक विश्वबिद्यालय प्ग्ले प्रसिद्ध रहेको लुभेन नगरपालिका संसारभरका विद्यार्थीहरुको आकर्षण केन्द्र पनि मानिन्छ । २ हजार बढी स्थायी नेपाली समुदायको बसोबास रहेको यस क्षेत्र ज्ञान, विज्ञान र कलाको क्षेत्रमा युरोपको केन्द्र मानिएको छ भने हरेक स्थानीय राजनैतिक पार्टीमा नेपालीले पकड जमाउँदै गएका छन् ।

गत निर्वाचनमा स्थानीय र प्रदेश सभातर्फ १२ जना नेपाली मूलका उम्मेदवारहरूले विभिन्न दलबाट उम्मेद्वारी दिए पनि  १९ मतले क्षेत्री पराजित थिए भने एस्पीआबाट सूर्य ढकाल र पिभिढीआबाट बिरमान मगरले झिनो अन्तरले हारेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.