विज्ञहरु भन्छन्: एकपल्ट कोभिड संक्रमण भएपछि ५ महिनासम्म दोहोरिँदैन

विज्ञहरु भन्छन्: एकपल्ट कोभिड संक्रमण भएपछि ५ महिनासम्म दोहोरिँदैन

लण्डन : एक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा पाँच महिनासम्म सङ्क्रमणबाट बच्ने एक अध्ययनले देखाएको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो । यस्तै एक पटक संक्रमित भइसकेका व्यक्ति कहिल्यै संक्रमित नभएका मानिसको तुलनामा संक्रमित हुने सम्भावना ८३ प्रतिशतले कम हुने पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

तर संक्रमण दोहोरिएर हुनसक्ने सम्भावना र सार्नसक्ने सम्भावनालाई भने विज्ञहरुले औंल्याएका छन् । उक्त अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताएको पनि बीबीसीको समाचारमा छ ।

यस्तै पुनः सङ्क्रमित भएका केही व्यक्तिमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्नसक्ने देखिनु चिन्ताको विषय भएको उनले बताएकी छन् ।

सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१,००० स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित भएको बताइएको छ। तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३१८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६,६१४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो।

वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन्। उनीहरूले भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्नेछन्। लेस्टर विश्वविद्यालयकी भाइरस विज्ञ डा. जुलियन टाङ्ले यो नतिजा स्वास्थ्यकर्मीहरूका लागि सकारात्मक भएको बताएकी छन् ।

(बीबीसीबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.