स्कुल गार्ड खोल्सामा मृत फेला

स्कुल गार्ड खोल्सामा मृत फेला

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ९ पलासेस्थित गणेश बाल विकास स्कूलका गार्ड स्कुल नजिककै खोल्सामा मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ५ घर भएका ४५ वर्षीय साइँला भन्ने लक्ष्मीदास श्रेष्ठ बिहीबार मृत फेला परेका हुन् ।

उनी दिउँसोको समयमा ज्याला मजदुरी गरी रातको समयमा मात्रै गणेश बाल विकास स्कुलमा सुरक्षा गार्ड बस्ने गर्दै आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठ सूर्यविनायक नपा ९ कै महत गाउँकै एक घरमा कोठा गरी बस्दै आएका थिए । दिउँसो काम गरेपछि मादकपदार्थ सेवन गरी कोठामा फर्किने क्रममा खोल्सामा आफै लडी मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

श्रेष्ठ खोल्सामा घोप्टो परी लडेको अवस्थामा देखेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक विष्णुहरि फुँयालको नेतृत्वमा प्रहरी टोली घटनास्थल खटिएको थियो ।

उक्त प्रहरी टोलीले घटनास्थल तथा लास जाँच मुचुल्काको कार्य सम्पन्न गरी मृतकको लास पोष्टमार्टमको लागि भक्तपुरकै चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित काठमाडांै मेडिकल कलेज पठाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.