तारुका मेला : ४३ हल गोरु जुधाइयो (फोटो फिचर)

तारुका मेला : ४३ हल गोरु जुधाइयो (फोटो फिचर)

तारुका : माघे संक्रान्ती गोरु मेला बिहीबार नुवाकोटका विभिन्न स्थानमा गरिएका छन् । प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गोरु जुधाउने मेलाको रुपमा देशकै एकमात्र नमूना र पहिचानको रुपमा परिचित भइसकेको छ । 

तारुकाको पर्यटकीय गाउँ चन्दनीमा हुँदै आएको गोरु जुधाउने मेला यसवर्ष पनि २२ हल गोरु जुधाएरसँगै सम्पन्न भएको छ ।  माघे संक्रान्तिका अवसरमा नेपालको मुख्य स्थान तारुकाको चन्दनीमा विशेष मेलाको रुपमा यस वर्षको गोरु जुधाई मेला सकिएको  हो । 

तारकेश्वर गाउँपालिका–३ चन्दनीमा भएको मेलामा सहभागी भएका गोरु धनीले  यसलाई राष्ट्रिय पर्व मनाउन माग गरेका छन् । 

गोरु जुधाई मेला २०७७ का अध्यक्ष सूर्यमान श्रेष्ठले किसानले स्थानीय पर्वको रुपमा विस्तार भइरहेको गोरु जुधाई मेलामा निकै सक्रियता अपनाइएको बताए । किसानले मेलाको निरन्तरताका लागि एकलाख ११ हजार एक सय ११ रुपैयाँको कोष स्थापना गरेर गाउँको मौलिकताको उजागर गरिरहको उनले जानकारी दिए । 

तारुका चन्दनीको गोरु जुधाइलाई राष्ट्रियकरण गरिनु पर्ने माग गर्दै यस वर्षदेखि मेलाको आयोजक स्थानीय तहमार्फत गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले यस वर्ष विजेता तथा उपविजेता गोरु धनीलाई गत वर्ष भन्दा बढी पुरस्कार दिइएको बताए । 

जुधाइका गोरुलाई तीन वर्गमा वर्गीकरण गरेर क वर्गका विजेतालाई नगद नौ हजार, उपविजेतालाई आठ तथा ख वर्गका विजेता गोरुका धनीलाई आठ र उपविजेतालाई सात तथा ग वर्गका गोरु धनीका विजेतालाई नगद चार र उपविजेतालाई नगद तीन हजार रुपैयाँ पुरस्कार दिइएको मेला आयोजक समितिका कोषाध्यक्ष मदनकुमार श्रेष्ठले बताए । मैदानमा उतारिएका गोरुका हल कुनै आधा घण्टाभन्दा बढी त कुनै गोरु केही मिनेटमात्रै जुधेर बाहिरिएका थिए । 

मूल्यांकन समितिले मुल्यांकन गरेर पुरस्कार वितरण गरिएको मेला आयोजक समितका सचिव विष्णुप्रसाद जम्कट्टेलले जानकारी दिए । 

चन्दनीका साथै यस वर्ष नुवाकोटका विभिन्न स्थानमा बिहीबार ४३ हल गोरुवीच भिडन्त भएको छ ।  बिहीबार नुवाकोटकै वेत्रावती, घलेभन्ज्याङ, तादी र शिवपुरीमा गोरु जुधाई मेला भएको छ ।

तारुकाको चन्दनीमा जित्ने र हार्ने दुवै गोरुका धनीलाई प्रोत्साहनस्वरुप आयोजकका तर्फवाट प्रमुख अतिथी स्थानीयवासी तथा विघटित प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खवितवडाले नगद तथा प्रमाणपत्र पुरस्कार प्रदान गरे ।  

बागमति प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले तारुकाको मौलिक पहिचान र संस्कृति बोकेको यस मेलालाई सरकारी स्तरबाट संरक्षण गरिनु पर्ने बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले मौलिकता नै स्थानीय, जिल्ला तथा देशकै पहिचान भएको बताए । 

यो मेलाको आकर्षण नुवाकोटमा मात्र होइन देशभर रहेको छ । स्थानीय माधवप्रसाद वख्रेलले आफूले गोरु जोत्नका लागि नभई २० वर्षदेखि जुधाउनकै लागि पाल्ने गरेको बताए । 

कसको गोरुले कुनलाई जित्यो ? 

तारुकाको चन्दनीमा पहिलो पटक मैदानमा उत्रिएको सोवितमान श्रेष्ठको गोरुलाई लक्ष्मण प्रधानको गोरुले धुलो चटायो । राजन अधिकारीको गोरुले दिव्यमान श्रेष्ठको गोरुलाई मैदानबाट लखेट्यो । 

यसपछि मैदानमा उत्रिएको विष्णुमान श्रेष्ठको गोरुले सुजन श्रेष्ठको गोरु, सन्जय श्रेष्ठको गोरुले रस्किन न्यौपानेको गोरुलाई पराजित ग¥यो । हजारौं दर्शकले मनले धित मरुन्जेल गोरु जुधेको हेरेर भरपुर आनन्द लिए । 

तारुकाको पौरख नेपालको गौरव भन्ने मूल नाराका साथ यस वर्ष बृहत् रुपमा गोरु जुधाई मेला गरिएको हो । तारुकामा सामाजिक तथा सांस्कृतिक रुपले धेरै महत्व बोकेको ३६ वर्षदेखि गोरु जुधाउंदै आएका मदन श्रेष्ठले बताए  । 

तारुका गोरु जुधाई मेला व्यवस्थापन समितिले प्रत्येक गोरुका धनी किसानसँग एकहजार रुपैयाँ दर्ता शुल्क लिएको थियो ।  तारुकामा गोरु जुधाई मेलालाई राष्ट्रिय पर्व बनाउनु पर्ने स्थानीयवासी चोकराज शाक्यले माग गरे ।  

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले आफूले तारुका चन्दनीको गोरु जुधाई मेलाका लागि आवश्यक सहयोग गर्ने पनि जनाए । 

मेलामा सदरमुकाम विदुर, छिमेकी, धादिङ, रसुवा, काठमाडौं तथा चितवन तथा आसपासका गाउँका हजारौंको भीड मेलास्थल पुगेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.