चन्दा उठाएर मर्स्याङ्दी नदीमा पुल

चन्दा उठाएर मर्स्याङ्दी नदीमा पुल

बेंसीसहर : स्थानीयवासी आफैंले चन्दा संकलन गरी मर्स्याङ्दी नदीमा अस्थायी पुल निर्माण गरेका छन्। संघीय सरकारबाट सडकपुल निर्माण गर्न बजेट विनियोजन भए पनि निर्माण थालनी नगरिएपछि स्थानीयवासी आफैंले पुल निर्माण गरेका हुन्। 

मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मर्स्याङ्दी नदीमा सडकपुल बनाउन २०७३ सालदेखि लगातार बजेट विनियोजन हुँदै आएको छ। 

डीपीआर पूरा भएको लामो समयसम्म पनि पुल शिलान्याससमेत हुन नसकेपछि स्थानीयवासी चन्दा संकलन गरी अस्थायी पुल निर्माणमा जुटेका हुन्। चन्दा संकलनबाट काठको अस्थायी पुल निर्माण गरिएपछि मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुमा पहिलोपटक मोटर पुगेको छ। घेर्मु हालसम्म सडक सञ्जालमा जोडिएको थिएन। स्थानीय नरबहादुर गुरुङको नेतृत्वमा घेर्मु–ताघ्रिङका बासिन्दाले सहयोग रकम उठाएर मर्स्याङ्दी नदीमा अस्थायी मोटरेबल पुल निर्माण गरेका हुन्।

स्थानीय मेगबहादुर गुरुङको संयोजकत्वमा उपभोक्ता समिति गठन गरी दुई लाख ७८ हजार ६ सय १५ रुपैयाँ खर्च गरेर पुल निर्माण गरेका हुन्। अस्थायी पुल निर्माणका लागि चार लाख ६६ हजार १६ रुपैयाँ संकलन गरिएको छ। पुल निर्माण गरी बाँकी रकम पुलको मर्मतसम्भार तथा अर्को वर्ष पुल निर्माणकै लागि खर्च गरिने उपभोक्ता समितिका सचिव घनश्याम घलेले बताए।

मोटरेबल पुल निर्माणका अभियन्ता नरबहादुर गुरुङका अनुसार अस्थायी पुलबाट घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन्। हिउँदमा मात्रै भए पनि स्थानीयवासीले यातायात तथा ढुवानी सेवा उपभोग गर्न पाउने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.