कस्तुरीको दाँत र हतियारसहित पाँचजना पक्राउ
डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ । कस्तुरीको दाँत र हतियारसहित निकुञ्जको टोलीले पाँचजनालाई पक्राउ गरेको छ । निकुञ्जको टोली र नेपाल प्रहरीको विशेष सूचनाको आधारमा माघ १ गते राति जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिका पाँचजनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा त्रिपूरा सुन्दरी नगरपालिका ११ वर्ष ४५ का मनबहादुर बुढा, ११ कै वर्ष ३७ का चन्द्रप्रसाद बुढा, वडा नम्बर ७ का वर्ष ४१ का सूर्यबहादुर बुढा, वर्ष ३० का चन्द्र केसी र वर्ष २१ का गोकर्ण बुढा स–प्रमाणसहित पक्राउ परेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
विशेष सूचना पाएपछि प्रहरी र निकुञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिए । निकुञ्जका सिनियर गेमस्काउट धर्मराज हमालको नेतृत्वमा नेपाल प्रहरीको त्रिपूराकोट चौकीको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार पक्राउ परेका पाँचैजना कस्तुरीको शिकारमा संलग्नलाई कारबाही हुने प्रहरीले जनाएको छ ।