प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर प्रदर्शन गर्दै कांग्रेस

प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्। ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ’, सभापति देउवाले शुक्रबार विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि पुनःस्थापनाको माग भने गरेको छैन। उसले सरकारको कदमविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला कुर्ने रणनीति लिएको छ। अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने नत्र चुनावमा जाने कांग्रेसको तयारी छ। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटतर्फ धकेल्ने काम गरेको दाबी गरेका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओली आफैंले यो संविधानको विषय होइन, यो राजनीतिक कदम भनिसक्नुभएको छ। यसले प्रधानमन्त्री स्वयमले असंवैधानिक कार्य गरेको कबुल गर्नुभएको छ’, उनले भने, ‘प्रतिनिधिसभा विघटनले संविधानमाथि ठूलो क्षति पुगेको छ। ७० वर्ष लागेर निर्माण भएको संविधानमाथि आक्रमण गरेर मुलुकलाई संकटतर्फ धकेल्ने काम भएको छ। यसविरुद्ध आमनागरिकले आवाज उठायौं भने यसले सर्वाेच्च अदालतसम्म आवाज पुग्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.