आजबाट भारतले सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिँदै

आजबाट भारतले सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिँदै

नयाँ दिल्ली : भारतले आजबाट सर्वसाधरणलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ । बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।  

भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई खोप दिने बताएको छ । 

भारतले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप 'कोभिसिल्ड' उत्पादन गरिरहेको छ । सोही खोप आजबाट अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई दिन लागेको हो ।

एक वर्षको अविधमा भारतमा १ करोड ५ लाख २७ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ५१ हजार ९१८ जनाको ज्यान गइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.