लोकतन्त्र बचाउन संसद विघटन : रायमाझी
अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले हजारौको बलिदानीबाट प्राप्त भएको लोकतन्त्र र संघीयता बचाउन संसद विघटनको विकल्प नभएको बताएका छन्। उनले प्राप्त उपलब्धिको रक्षा गर्न सबैभन्दा उत्कृष्ट बाटो नै प्रतिनिधिसभाको विघटन गरेर निर्वाचनको मिति तोक्नु रहेको बताएका हुन्।
सरकार फेरि पनि आउने तर लोकतन्त्र मासियो भने सबै उपलब्धि गुम्ने भएकाले संसद विघटन गरेको उनको भनाइ छ।
नेकपा अर्घाखाँचीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री र पार्टी अध्यक्ष नभै नहुने भएपछि पार्टी फुटेको बताए।
कुनै सिद्धान्त र नीति भन्दा पनि पद र कुर्सीका लागि माधव र प्रचण्डले पाटी विभाजन गरेको आरोप उनको छ।
प्रचण्डका कारण माओवादी पार्टी साघुरिदै गएको बताएका छन्। उनले २०६४ सालमा पहिलो पार्टी बनेको माओवादी सानो हुनुमा प्रचण्डको मुख्य हात भएको उनको आरोप छ। प्रचण्डका कारण नेपालको कम्युनिस्टनै धरापमा पर्न थालेको आरोपसमेत लगाए।